back

तनहुँमा २५ करोडको सुन्तला उत्पादन

वि.सं.२०७५ पुस १ आइतवार

285 

shares
RBB AD
NTC AD

१ पुस, दमौली । तनहँुमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो ।

कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन भएकामा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण गरिएको जानकारी दिए।

अघिल्लो वर्ष छ हजार ५२६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष छ हजार ९३८ मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । तनहुँमा यस वर्ष एक हजार २८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । तनहुँमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ, चितवनलगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।

तनहुँको राइपुर, वैदी, छिपछिपे, तनहुँसुर, बेनीकोट, बन्दीपुर, घाँसीकुवा, नाम्सीकोट, भानुमतिलगायत सुन्तला खेतीको पकेट क्षेत्र हुन् । तनहुँको म्याग्दे गाउँपालिका–२ का विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला बेचेर रु ५५ लाख आम्दनी गरेका छन् । संयुक्त रूपमा सुन्तला खेती गर्दै आएका उनिरुले यस वर्ष जिल्लामै सबैभन्दा बढी सुन्तला बिक्री गरेका हुन।

सोही ठाउँका शुकनारायण श्रेष्ठले पनि यस वर्ष रु ३१ लाखको सुन्तला बिक्री गरेका छन् । भीमाद नगरपालिका–९ का अध्यक्ष इमानसिंह थापाले भानुमतिबाट यस वर्ष रु दुई करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको जानकारी दिए।

व्यास नगरपालिका–११ तनहुँसुरमा रु ५० देखि ६० लाखसम्मको सुन्तला उत्पादन हुने अनुमान गरिएको कृषि शाखाका प्राविधिक विश्वराज वाग्लेले बताए। उनका अनुसार व्यास नगरपालिका–१३ वेनीकोटबाट समेत रु एक करोड ५० लाखको सुन्तला उत्पादन हुने लक्ष्य छ ।

देवघाट गाउँपालिकामा भने यस वर्ष सुन्तला उत्पादनमा कमी आउने अनुमान गरिएको छ । गाउँपालिकाका कृषि शाखाका प्राविधिक आनन्दराज घिमिरेले असिना र खडेरीको कारण सुन्तला उत्पादन कमी हुनसक्ने बताए । उनका अनुसार गत वर्ष गाउँपालिकाबाट रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको थियो ।

वि.सं.२०७५ पुस १ आइतवार १४:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी...

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको...

सहकारी प्रकणमा संसदीय छानविन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरु एकजुट

सहकारी प्रकणमा संसदीय छानविन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरु एकजुट

काठमाडौं । नेपाली कांग्रेसले गरेको सहकारी प्रकरणमा अनुसन्धान गर्न संसदीय...

संसद अवरोधको गाँठो : छुट्टाछुट्टै छलफलमा जुटे सत्तारुढ र विपक्षी दलहरु

संसद अवरोधको गाँठो : छुट्टाछुट्टै छलफलमा जुटे सत्तारुढ र विपक्षी दलहरु

काठमाडौं । सत्तारुढ दल र विपक्षी दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका...

कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक

कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक आव्हान गरेको छ...

विश्वासको मतका लागि प्रधानमन्त्रीद्वारा  संसद सचिवालयमा पत्राचार

विश्वासको मतका लागि प्रधानमन्त्रीद्वारा  संसद सचिवालयमा पत्राचार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयलाई...