back

पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह

वि.सं.२०७५ पुस १ आइतवार

351 

shares
IME Limited
NTC AD

१ पुस, काठमाडौँ । सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि साकार भएको छ । पर्यटन क्षेत्रमा ठूलो उपलब्धिका रुपमा मानिएको पर्यटकको आगमनमा उल्लेख्य वृद्धिले नेपालको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह जगाएको छ ।

सरकारले सन् २०११ लाई ‘नेपाल पर्यटन वर्ष को रूपमा मनाएर वार्षिक १० लाख पर्यटक पु¥याउने लक्ष्य लिएपनि सात लाख ३६ हजार २१५ पर्यटन नेपाल आएका थिए । त्यस्तै सन् १९९८ मा ‘भिजिट नेपालमा अभियान चलाएर पाँच लाख पर्यटक भित्र्याउने उद्देश्य लिएकामा चार लाख ६३ हजार ६७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा हवाइ मार्गबाट आएका पर्यटक आवागमन हो । जुन अघिल्लो वर्षको ११ महीनाको तुलनामा १७ प्रतिशतले बढेको देखिएको छ । सन् २०१७ मा हवाइ मार्गबाट आउने पर्यटक मात्रै नौ लाख ४० हजार २१८ थिए । बोर्डले सबै हिसाबबाट हेर्दा १० लाखको हाराहारीमा पर्यटक आएको बताउने गरेको छ ।

पछिल्लो पर्यटक आगमनको उत्साहजनक वृद्धिले नेपालको पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको बताउछन् नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ । “१० लाख पर्यटक पु¥याउने सरकारको धेरै अगाडिको लक्ष्य अहिले पूरा भएको छ, यसले पर्यटन व्यवसायमा उत्साह जगाएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत ‘स्केल अफ बिजनेश को रूपमा नेपाल गन्तव्य बनेको छ । विदेशी पर्यटन व्यवसायीलाई नेपाल गन्तव्य बनाउन बाटो खुलेको छ । किनकी कुनै पनि मुलुकमा १० लाख पर्यटकको एउटा स्तर भएपछि मात्रै त्यस देशको पर्यटकीय गन्तव्य व्यवसायीको रोजाइमा पर्छ”, उनले भने ।

छिमेकी मुलुकबाट सबैभन्दा बढी भारतबाट दुई लाख ६० हजार १२४ पर्यटक आएका छन् भने चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । विवरणअनुसार नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुक भारत र चीनपछि अमेरिका तेस्रो स्थानमा परेको छ । यो अवधिमा अमेरिकाबाट ८२ हजार ५५५ पर्यटक आएका छन् । बेलायतबाट ५७ र जर्मनीबाट ३४ हजार पर्यटक आएका छन् ।

छिमेकी र पश्चिमा मुलुकका नागरिकको नेपालप्रतिको आकर्षणले बढेको पर्यटक सङ्ख्यालाई अझै उल्लेख्य बनाउन प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइनुपर्नेमा व्यवसायीको जोड छ । होटल एशोसिएसन अफ नेपाल ९हान० का महासचिव विनायक शाह पनि सरकारको सन् १९९८ देखिको पर्यटक सङ्ख्या बढाउने अभियानले अहिले सार्थकता पाएको र यसले पर्यटनमा नयाँ उत्साह थपेको बताए ।

उनले सीमित पूर्वाधारका बीच पनि १० लाख पर्यटक पुग्नु ठूलो उपलब्धि भएको बताए । सङ्ख्याको लक्ष्य मात्रै ठूलो कुरा होइन, गुणस्तरीय पर्यटकको आगमन बढाउनुपर्छ भन्ने भावना सरकार र निजी क्षेत्र दुवैमा जिम्मेवारीबोध गराएको उल्लेख गरे ।

सरकारको पर्यटनमैत्री वातावरण, पूर्वाधार विकासको तीव्रता र निजी क्षेत्रको हौसलाका कारण आगामी दिनमा सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष सार्थक हुनेमा व्यवसायी ढुक्क छन् । तर, पर्यटकको सङ्ख्यामा मात्रै नभई गुणस्तरीय पर्यटक अभिवृद्धि र गन्तव्य विस्तार तथा सेवा स्तरीकरणमा आम सरोकारको चासो हुनुपर्ने उनीहरुको धारणा छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालका अध्यक्ष नवराज दाहालले १० लाख पर्यटकको सङ्ख्याले व्यवसायमा उत्साहको सञ्चार छाएको आगामी लक्ष्यलाई पूरा गर्न पूर्वाधार विकाससँगै पर्यटकीय सेवालाई गुणस्तरीय बनाउन जरुरी छ, भने ।

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले अनेकन व्यवधानका बीच लामो समयदेखिको १० लाख पर्यटक पु¥याउने लक्ष्य साकार भएको उल्लेख गरे। उनले मुलुकमा स्थिर सरकार रहेको र आर्थिक समृद्धिको दिशामा अघि बढेको सन्दर्भमा अहिलेकै अवस्थामा पनि २५ लाख पर्यटकलाई सेवा दिनसक्ने पूर्वाधार रहेकाले पर्यटकको सङ्ख्यासँगै सेवाको गुणस्तरमा पनि ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटक आवागमन वृद्धि अहिलेसम्मकै ऐतिहासिक भएको र यसले नेपाली पर्यटनलाई एक स्तरमा माथि उकासेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटकको सङ्ख्या ऐतिहासिक रुपमा वृद्धि भएको छ, यसले सन् २०२० को नेपाल भ्रमण वर्षको लागि ढोका खोलिदिएको छ, पूर्वाधारमा प्रगति भएमा २० लाख पर्यटकको लक्ष्य भेट्न कुनै समस्या हँुदैन ।”

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षलाई सफल तुल्याउन योजनाबद्ध प्रवद्र्धनात्मक कार्यक्रमको तयारीमा जुटेको छ ।

निर्माणाधीन भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने गरी तीव्र गतिमा काम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम प्रभावकारी रुपमा अघि बढेको छ । नयाँ गन्तव्य प्रवद्र्धन तथा पहुँच मार्ग स्तरोन्नतिको कामलाई अघि बढाएकाले भ्रमण वर्षलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०७५ पुस १ आइतवार १६:०८ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र...

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा...

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको...

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा...

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे...