२ पुस, काठमाडौं । यसवर्ष धान उत्पादन दशककै बढी भएको छ । गतवर्षको तुलनामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको हो ।
गत वर्ष ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको थियो भने यस वर्ष ५७ लाख मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयको अनुमान छ । मौसम अनुुकुल भएकाले धान उत्पादन यस वर्ष दशककै बढी भएको मन्त्रालयले जनाएको छ ।
मौसम अनूकुल हुनुका साथै धान रोपाइँ क्षेत्रफल बढेकाले पनि यसवर्ष धान उत्पादन दशककै बढी भएको कृषी तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता तेज प्रसाद सुवेदीले बताएको आजको राजधानी दैनिकमा समाचार छ ।
वि.सं.२०७५ पुस २ सोमवार ०८:५० मा प्रकाशित