back

‘मिसन मसुरो’ : खर्च २० लाख, उपलब्धि शून्य

वि.सं.२०७५ पुस २ सोमवार

366 

shares
IME Limited
NTC AD

२ पुस,बाँके । सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालन भएको एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ‘मिसन मसुरो’ अभियान बाँकेमा प्रभावकारी देखिएको छैन ।
बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख खर्च भए पनि उपलब्धि भने शून्य देखिएको छ । प्रदेश र स्थानीय तहमध्ये कसले कार्यक्रम सञ्चालन गर्ने भन्ने अन्योलकै कराण यो कार्यक्रम अहिले प्रभावकारी हुन नसकेको हो ।
दुई वर्षदेखि जिल्ला तहमा बजेट नआएपछि कार्यक्रम बन्द रहेको छ । कार्यक्रम बन्द भएपछि उक्त कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थालाई मसुरो उत्पादनका लागि वितरण गरिएका कृषि सामग्री कुन अवस्थामा छन् र ती कृषकले कस्तो काम गरिरहेका छन् भन्ने जानकारीसमेत लिइएको छैन ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ सदस्य सचिव रहने जिल्लास्तरीय समितिमा कृषि विकास कार्यालय, सहकारी विभाग, जिल्ला विकास समितिको प्रतिनिधित्व हुने गरेको थियो । सोही समितिले कृषि सहकारी छनोट गरी कार्यक्रम दिने गरेको थियो । बाँकेमा एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत मसुरो खेतीलाई छनोट गरिएको थियो ।
माटो सुहाँउदो खेती भएकाले मसुरो उत्पादन वृद्धि गरी स्वदेशमै आत्मनिर्भर बनाउने लक्ष्य राखिए पनि उक्त लक्ष्य पाउन गरिएको लगानीले शून्य नतिजा दिएको छ । उक्त कार्यक्रमको सदस्य सचिवका रुपमा रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यालय प्रमुख अजयसिंह सिजापतिले बजेट नआएपछि दुई वर्ष अघिदेखि कार्यक्रम बन्द अवस्थामा रहेको बताए ।

कृषि विकास कार्यालय, सहकारी डिभिजन र जिल्ला विकास समिति खारेज भई नयाँ संरचनामा गएपछि पनि कार्यक्रम अघि बढ्न नसकेको उहाँको भनाइ छ । उनले भने, “कार्यक्रम सञ्चालनमै अन्यौल छ ।” बाँकेमा कृषकलाई यस कार्यक्रमअन्तर्गत मसुरोको बीउ, हाते ट्र्याक्टर जस्ता कृषि सामग्री दिएको थियो । उक्त सामग्रीको प्रयोगको अवस्थाबारे समेत अहिले कसैले चासो देखाएको छैन ।

वि.सं.२०७५ पुस २ सोमवार १६:०८ मा प्रकाशित

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...