back

शेयर बजार दोहोरो अङ्कले बढ्यो, कसले कमाए अनि कसले गुमाए त ?

वि.सं.२०७५ पुस २ सोमवार

435 

shares
IME Limited
NTC AD

२ पुस, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर एक हजार १८२ दशमलव ७८ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा नेप्से परिसूचक एक दशमलव तीन शून्य बिन्दुले बढेको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ बिन्दुले बढेर २५१ दशमलव ६३ बिन्दुमा पुगेको छ ।

कूल १५९ कम्पनीको १२ लाख ६० हजार ५१८ कित्ता शेयर रु ४२ करोड तीन लाख ५३ हजार ५१५ मूल्यमा खरीद बिक्री भयो । स्टककाअनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । व्यापार तीन दशमलव शून्य चार बिन्दुले घटेको छ । बैंकिङ नौ दशमलव १५, होटल शून्य दशमलव सात एक, विकास बैंक आठ दशमलव पाँच, जलविद्युत् पाँच दशमलव तीन सात, वित्त शून्य दशमलव पाँच दुई, निर्जीवन बीमा २२० दशमलव पाँच एक, उत्पादन २३ दशमलव २१, अन्य एक दशमलव चार चार, लघुवित्त ४० दशमलव दुई एक तथा जीवन बीमा १९५ दशमलव नौ बिन्दुले बढेको छ ।

स्टककाअनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पूूर्णिमा विकास बैंक, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । यस्तै कालिका पावर कम्पनी, ग्लोबल आइएमई समुन्नति स्किम एक, स्वदेशी लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले गुमाएका छन् ।

वि.सं.२०७५ पुस २ सोमवार १६:२४ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा...

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा...

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...