back

इटालीमा ठेकेदार जोखिममा नेपालको मेलाम्ची

वि.सं.२०७५ पुस ३ मंगलवार

393 

shares
IME Limited
NTC AD

३ पुस, काठमाडौं । तीन दशकको प्रतिक्षापछि खानेपानी आउनै लाग्दा मेलाम्ची आयोजना अर्को झमेलामा परेको छ । निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेन्नाले ठेक्का सम्झौता रद्द गर्न सूचना (नोटिस टु टर्मिनल) बुझाएको छ ।
आयोजनालाई दुई साताअघि नै सूचना दिएको ठेकेदार कम्पनीका प्रतिनिधि स्वदेश फर्कन थालेपछि सरकारले पासपोर्ट नियन्त्रणमा लिएको छ । ठेकेदार कम्पनीका कर्मचारीको जस्तै मेलम्चीको पनि भविष्य अन्योलमा परेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
आयोजनाको एकतर्फि ठेक्का रद्द गर्न नमिल्ने भन्दै सरकारले छिटो सक्न निर्देशन दिएको थियो । तर, दुई दिनअघि आयोजनास्थलबाट ठेकेदार कम्पनीका सबै प्रतिनिधि काठमाडौं आएका थिए, उनीहरु सोमबार स्वदेश फर्कने तयारीमा थिए । तर, म्यानेजर क्रिस्टियानो प्रेसोसहित आठजनाको पासपोर्ट नियन्त्रणमा लिएर प्रहरीले मेलाम्ची आयोजनालाई दिएको छ ।

वि.सं.२०७५ पुस ३ मंगलवार ०८:१३ मा प्रकाशित

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

काठमाडौं । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरिएका दुई नेपाली...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम...

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

पाटन (ललितपुर) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय...

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक...