back

बैठक भत्ता डेढ करोड

वि.सं.२०७५ पुस ३ मंगलवार

417 

shares
IME Limited
NTC AD

३ पुस काठमाडौ । १ करोड ५८ लाख ६० हजार रुपैयाँ यो कुनै विकास योजनाको बजेट होइन । काठमाडौ महानगरपालीका कार्यालयको वार्षिक बैठक भत्ता हो ।
महानगरले निर्धारितभन्दा निकै बढी भत्ता बाँड्ने गरेको छ । वर्षभरी कार्यालय खुलेको दिन हिसाब गर्दा बैठक भत्ता दैनिक ५५ हजार ८ रुपैयाँ हुन आउँछ । ३२ वडाका १ सय ५६ जनप्रतिनिधिले प्रतिवैठक १ हजार २ सय ३० रुपैयाँ लिएका छन् । जबकी महानगरको वार्षिक प्रशासनिक बजेट व्यवस्थामा प्रतिबैठक एक हजार रुपैयाँ मात्र लिन पाइन्छ ।

महानगरका सुचना अधिकारी वसन्त आचार्याले मेयरको अध्यक्षतामा बसे प्रतिबैठक २ हजार ५ सय तथा उपमेयर र कार्यकारी अधिकृतको अध्यक्षतामा २ हजार रुपैयाँ लिन पाइने दाबी गरे ।

वडा तहमा मासिक तीनवटासम्म बैठकको भत्ता दिन पाईन्छ । तर उनीहरुले कतिवटा बैठक बसे र कति कति भत्ता बुझे, महानगरसँग कुनै अभिलेख छैन । भत्ता मात्र होइन, खाजा र यातायात पनि महानगरको खर्च अचाक्ली छ । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस ३ मंगलवार ०८:३७ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...