
३ पुस काठमाडौ । भिभिआइपी उडानका लागि भन्दै भित्र्याइएको अगस्टा वेस्टल्यान्ड हेलिकोप्टरको खरिद प्रक्रियामै त्रुटि भेटिएको छ । काठमाडौ आइपुगेको उक्त हेलीकोप्टर भिभिआइपीको सवारीका लागि भन्दै नेपाली सेनाले खरिद गरेको हो ।
राष्ट्रपति र प्रधानमन्त्री चढ्ने उक्त हेलिकोप्टर किन्न सेनाले प्रतिस्प्रर्धाबिनै इटालीको एक कम्पनीसँग एक करोड ३९ लाख ८४ हजार दुई सय ४३ युरो हालको एक अर्ब ८१ करोठ रुपैयाँ मा खरिद सम्झौता गरी प्रतीतपत्र होलेको थियो । सेनाले सुरक्षा सामरिक वा प्रतिरक्षा सामाग्री आपुर्ती गर्ने कार्यविधि २०६४ विपरीत प्रतिस्पर्धाबिनै बोलपत्र स्वीकृत गरेर हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको थियो आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस ३ मंगलवार ०८:४८ मा प्रकाशित