back

भारतले मालदिभ्सलाई एक अर्ब चालिस करोड डलरको सहयोग दिने घोषणा

वि.सं.२०७५ पुस ३ मंगलवार

396 

shares
IME Limited
NTC AD

३ पुस, नयाँ दिल्ली, भारत ।  भारतको निकट मानिने मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको वार्तापछि भारतले मालदिभ्सलाई एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग दिने भएको सोमबार बङ्गलादेशी अधिकारीहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि बङ्गलादेशका राष्ट्रपति सोलिहले सञ्चारकर्मीहरूसँग भने, “निकट छिमेकीका नाताले दुई देशका जनताबीच मित्रवत सम्बन्ध र सांस्कृतिक समानता रहेको छ ।”

उनले भने, “घनिष्ट छिमेकीका हिसाबले दुई देशबीचको व्यापार व्यवसायलाई प्रवद्र्धन सम्भव भएको छ । भारत बङ्गलादेशको एक निकट मित्रमात्रै नभएर एउटा विशाल व्यापारिक सहयोगी हो ।”

भेटवार्तामा दुई देशका अधिकारीबीच सामुद्रिक गस्ती, हवाई निरीक्षण र सूचनाको आदानप्रदानमार्फत दुवै देशको सुरक्षालाई मजबुत पार्ने सहमति भएको बताइएको छ । भारतले बङ्गलादेशको विकासका लागि गरेको एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग बजेट, मुद्राको विनिमय व्यवस्थापन र ऋण गरी विभिन्न शीर्षकमा प्रदान गरिने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए ।

दुई देशबीचको गहिरो सम्बन्ध विस्तारका लागि छलफल सफलसिद्ध भएको मोदीको भनाइ थियो । भारतीय प्रधानमन्त्री मोदीले भने, “हामीले मालदिभ्ससँग वृहद् व्यापार सम्बन्ध चाहन्छौँ । भारतीय कम्पनीहरूका लागि बङ्गलादेशमा प्रशस्त अवसरहरू रहेका छन् । यो दुवै मुलुकका लागि फाइदाको विषय हो ।”

उनले भने, “हाम्रो सुरक्षा चासोहरू अन्तरनिहित छन् । हामीले हाम्रा जन्मभूमिमा एक आपसमा हानिकारक हुने गतिविधिलाई प्रवेश दिने छैनौँ ।” निर्वाचन पूर्व खासै चर्चामा नआएका ५४ वर्षीय सोलिहले पूर्वराष्ट्रपति अब्दुल्लाह यमीनसँगको प्रतिस्पर्धामा अनपेक्षित रूपमा राष्ट्रपति निर्वाचित बनेका थिए । यमीनलाई चीनको निकटस्थ मानिन्थ्यो भने सोलिहलाई भारत तथा पश्चिमा मुलुकहरूको सहयोग रहेको बताइने गर्छ ।

वि.सं.२०७५ पुस ३ मंगलवार ०९:०७ मा प्रकाशित

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

जेरुसेलम । इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा...

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले...

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

  देहरादून (भारत) । भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने...

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

हनोई । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी...

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

संयुक्त राष्ट्रसंघ । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस...

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र...