back

किसान- गोठाला भिडन्तमा तीन हजार ६०० मृत्यु :एम्नेष्टी

वि.सं.२०७५ पुस ३ मंगलवार

366 

shares
IME Limited
NTC AD

३ पुस, लागोस ।  नाइजेरियामा किसान र गोठालाबीचको भिडन्तका कारण अहिलेसम्म तीन हजार ६०० भन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय संस्था एम्नेष्ट इन्टरनेशनलले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०१६ देखि अहिले सम्ममा उनीहरूको मृत्यु भएको हो । हिंसामा दोषी रहेकाहरूलाई कारवाही गर्न सरकार असफल भएको पनि एम्नेष्टीले उल्लेख गरेको छ ।

सन् २०१८ मा मात्रै दुई हजारभन्दा बढी मारिएको र अरु हजारौ घरबार विहिन भएको जनाइएको छ । जमीन र पानीको स्वामित्वका विषयमा किसान र गोठालाबीच हुँदै आएको भिडन्तमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको छ ।

“नाइजेरियाका अधिकारीहरू साम्प्रदायिक झडपको अनुसन्धान गर्न र दोषीलाई कारवाही गर्न असफल देखिएका छन्,” एम्नेष्टीले जारी गरेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा लेखिएको छ, “गत तीन वर्षमा कम्तीमा तीन हजार ६४१ जना मारिएका छन् भने अरु हजारौ विस्थापित भएका छन् ।”

जनवरी २०१६ देखि अक्टोबर २०१८ सम्ममा ३१० ओटा आक्रमणका घटना भएको ती मध्ये ५८ प्रतिशत सन् २०१८ मै भएको एम्नेष्टीले जनाएको छ ।

अधिकांश आक्रमणका घटना अडमावा, बेन्यु, काडुना, ताराबा र प्लाटेउलगायतका ठाउँमा भएको बताइएको छ ।

एउटा अधिकारवादी समूहले हिंसा नियन्त्रण गर्न पनि नाइजेरियाको सुरक्षा फौजले पर्याप्त प्रयास नगरेको जनाएको छ । कतिपय घटनामा सुरक्षाकर्मीहरूलाई घटना हुन लागेको बारेमा जानकारी दिइएको भएपनि उनीहरूले हत्या, लुटपाट रोक्न चासो दिएका थिएनन् ।

“हाम्रो अनुसन्धानले आक्रमणकारीहरूले राम्रो तयारी र योजनाका साथ आक्रमण गर्न सफल भएका थिए भन्ने देखाएको छ, उनीहरूले मेसिन गन, एके ४७ राइफललगायतका हातहतियारहरूको पनि प्रयोग गरेको पाइएको छ,” एक अनुसन्धानकर्ताले भने ।

नाइजिरियामा बेरोम आदिवासी किसानहरू र फुलानी समुदायका फिरन्ते गोठालाहरूबीच विभिन्न राज्यहरूका भिडन्त हुने गरेको छ । जमीनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्यनाइजेरियामा किसान र फिरन्ते गोठालाहरूबीच भिडन्तहरू हुँदै आएका छन् ।

शुरुमा भूमिका लागि लड्दै आएका यी आदिवासी समूहहरूको भिडन्त पछिल्लो समय साम्प्रदायिक हिंसाको रूपमा परिणत भएको छ ।

वि.सं.२०७५ पुस ३ मंगलवार ०९:१३ मा प्रकाशित

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

जेरुसेलम । इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा...

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले...

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

  देहरादून (भारत) । भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने...

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

हनोई । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी...

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

संयुक्त राष्ट्रसंघ । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस...

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र...