back

साउदीबाट छोराको शव नआउँदा पीडामा परिवार

वि.सं.२०७५ पुस ३ मंगलवार

366 

shares
IME Limited
NTC AD

३ पुस, बाँके । साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागाईंको निधन भएको तीन साता हुँदै छ । हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म साउदी अरबमै छ ।

समयमै शव नआउँदा उनको परिवारले धार्मिक संस्कारअनुसार गरिने काजकिरिया गर्न पाएका छैनन् । चापागाईंको परिवार शव कुरेर बसेको छ । “चाँडो शव ल्याइदिएको भए काजकिरिया गर्न हुन्थ्यो”, मृतककी पत्नी निर्मलाले पीडा सुनाइन् । शव ल्याउन ढिलाइ हुँदा परिवार, आफन्तलगायतलाई थप पीडा भएको छ । दाजुको निधनको खबर पाएपछि मलेसियामा रहोका उनका भाइ बरुण पनि घर फर्किएका छन् ।

“एक महीनाको बिदा लिएर घर आएको हुँ”, उनले भने “सरकारले शव चाँडो ल्याउने व्यवस्था मिलाइदिएको भए काजकिरिया गर्न हुन्थ्यो ।” चापागाईं पाँच वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा थिए । गत वैशाखमा आमाको निधन हुँदा काजकिरिया सकेर उनी साउदी फर्किएका हुन् । “कम्पनीले लिएको अन्तरवार्तामा पास भए, अब पुसमा बिदा मिलाएर घर आउँछु भन्नु भएको थियो,” श्रीमान्सँग मङ्सिर ८ गते अन्तिम कुराकानी भएको सम्झिदै निर्मलाले भनिन् । शिक्षण पेशामा आबद्ध निर्मलाले केही वर्षअघि श्रीमान्कै अनुरोधमा जागीर छाडेकी थिइन् ।

वि.सं.२०७५ पुस ३ मंगलवार ०९:४० मा प्रकाशित

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...

इजरायल र इरानबाट नेपालीलाई उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा

इजरायल र इरानबाट नेपालीलाई उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा...

कात्तिक दोस्रो साता उपनिर्वाचनको तयारी गर्दै सरकार

कात्तिक दोस्रो साता उपनिर्वाचनको तयारी गर्दै सरकार

काठमाडौँ । सरकारले देशभर रिक्त जनप्रतिनिधिहरूको उपनिर्वाचन गर्ने तयारी गरेको...

सहकारीको रकम अपचलन गरी फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

सहकारीको रकम अपचलन गरी फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू...

सुत्केरी अवस्थामा एक महिला मृत फेला, शिशु भने जिवितै

सुत्केरी अवस्थामा एक महिला मृत फेला, शिशु भने जिवितै

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत...