back

कुखुरापालक किसान आन्दोलनमा

वि.सं.२०७५ पुस ३ मंगलवार

111 

shares
RBB AD
NTC AD

३ पुस, बनियानी । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल कुखुरापालक किसान सङ्घ झापाका अध्यक्ष राजन पौडेले बताए ।

“पछिल्लो समय चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ”, उनले भने, “तर, किसानले उत्पादन गरेको कुखुराको मूल्य घट्दो छ ।” आन्दोलनस्वरूप किसानले समस्या समाधान नभएसम्म खोरमा खुकुराको चल्ला नहाल्ने निर्णय गरेको उनले बताए ।

नेपाल कुखुरापालक सङ्घ केन्द्रीय समितिले खोरमा कुखुराका चल्ला नराखिने निर्णय गरेकामा त्यसलाई लाई पुस १ गतेदेखि कार्यान्वयन गरिएको सङ्घका झापा सचिव डिल्ली उप्रेतीले बताए ।

“पुस १ गतेदेखि जिल्लाभरका कुखुरापालक किसानले खोरमा चल्ला नहाल्ने निर्णय गरेका छौँ’, उनले भने, “किसानको समस्या सम्बोधन भएसम्म आन्दोलन जारी रहने छ ।”

केही समयअघि प्रतिबोरा ९५० केजी० दानामा रू ५० वृद्धि गरिएको र त्यसलगत्तै रू ७५ ले पुनः वृद्धि गरिएको सचिव उप्रेतीले बताए । गर्मी महीनामा चल्ला बचाउनै मुस्किल पर्ने र जाडोमा चल्ला खरीद गर्न नसकिने गरी मूल्य बढ्ने गरेको बताउँदै उनले भने, “यसबाट किसान मारमा परेका छन्, त्यसमा पनि एक दिने चल्ला ३५ ग्रामको हुनुपर्नेमा २५र३० ग्रामको मात्र हुन्छ ।”

किसानलाई जिउँदो कुखुरा उत्पादनमा प्रतिकेजी रू १६५ लाग्ने गरेको सङ्घका सदस्य रमेश भट्टराईले बताए । “अहिले किसान प्रतिकेजी १६५र१७० रुपैयाँमा कुखुरा बेच्न बाध्य छन्”, उनले भने, “बजारमा २८०र३०० रुपैयाँ प्रतिकेजी मासु बिक्री भइरहेको छ ।”

“पैँतालीस दिन कटेपछि कुखुरा बेच्नुको विकल्प हुँदैन”, उनले भने, “किसानको बाध्यताको फाइदा बिचौलियाले उठाइरहेका छन् ।” अहिले किसानको खोरमा ५० देखि ९० दिनसम्मका ७ केजीसम्मका कुखुरा रहेको उनले बताए ।

सीमावर्ती क्षेत्रका केही कुखुरापालक किसानले समेत भारतीय खुकुरा ल्याएर खोरमा हाल्ने र बेच्ने गरेको भट्टराईले बताउनुभयो । “सीमा क्षेत्रका केही कुखुरापालक किसानले भारतीय कुखुरा ल्याएर हाल्ने र बेच्ने गर्नुभएको छ”, उनले भने, “यस्ता कारणले पनि नेपाली कुखुरापालक मारमा परेका छन् ।”

झापाको सीमावर्ती क्षेत्रबाट भारतीय कुखुराको आयातका कारण नेपाली कुखुरापालक किसान थप मारमा परेका हुन् । झापाको कचनकवलस्थित बनियानी र मेचीनगरको बाहुनडाँगी क्षेत्रबाट प्रहरी र व्यापारीको मिलेमतोमा भारतीय कुखुरा भित्रिने गरेको सङ्घको दावी छ ।

सीमा क्षेत्रबाट भारतीय कुखुरा आयात भइरहेको भन्दै सङ्घले जिल्ला प्रहरी कार्यालय झापालाई ध्यानाकर्षणसमेत गराएको छ भने जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र समेत बुझाएको छ । आफ्नो समस्या समाधानका लागि पहल गरिदिन जिल्लाका चार स्थानीय तह शिवसताक्षी, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाइएको सदस्य भट्टराईले जानकारी दिए ।

कुखुरापालक सङ्घ झापामा ५५० किसान ९सरकारी कार्यालयमा दर्ताका फर्म० आवद्ध छन् भने करीब २०० किसान असङ्गठित रूपमा रहेका छन् । त्यस्तै, देशभर करीब एक लाख ७५ हजार किसान रहेको सङ्घले जनाएको छ ।

कुखुरापालनका लागि झापामा मात्र किसानले वार्षिक चल्लामा रू १३ करोड २० लाख र दानामा १६ करोड ५० लाख खर्च गर्ने गरेको सङ्घले जनाएको छ । त्यस्तै, जिल्लामा वार्षिक रू ८५ करोड २५ लाख मूल्य बराबरको ५० लाख केजी जिउँदो कुखुरा उत्पादन हुने गरेको सङ्घले जनाएको छ ।

वि.सं.२०७५ पुस ३ मंगलवार १३:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वतका किसान व्यवसायिक कोदो खेतीतर्फ आकर्षित

पर्वत । परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको...

पालिकाले दिने भयो किसानलाई  ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

पालिकाले दिने भयो किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

गोदावरी (कैलाली) । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध...

बनेपामा ‘कौसीखेती’ कार्यक्रममा तिब्रता, एक हजार घरमा ‘कौसीखेती’

बनेपामा ‘कौसीखेती’ कार्यक्रममा तिब्रता, एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन...

उदाहरणीय ओली, तराईको गर्मीमा पनि लटरम्म स्याउ फलाए

उदाहरणीय ओली, तराईको गर्मीमा पनि लटरम्म स्याउ फलाए

इन्द्राकुमारी केसी, घोडाघोडी (कैलाली) । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो...

बैतडीमा व्यावसायिक कफी खेती सुरु, मन्त्री भण्डारीद्वारा शुभारम्भ

बैतडीमा व्यावसायिक कफी खेती सुरु, मन्त्री भण्डारीद्वारा शुभारम्भ

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक...