back

साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी

वि.सं.२०७५ पुस ३ मंगलवार

450 

shares
NTC AD

३ पुस, जाजरकोट । लागुपदार्थ प्रयाग गर्दाको बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन शुरु गरेको छ ।

समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए ।

कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबार अपराधबाट हुने बेफाइदाका विषयमा उमेर अनुसारको पाठ्यक्रम बनाइ शिक्षित गराइएको सिंहले जानकारी गराए ।

“जिल्लाका सबै विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनी, साइबर अपराध, सडक सुरक्षा, सामाजिक सुरक्षा लगायतका विषयमा प्रशिक्षण शुरु गरिएको छ”, उपरीक्षक सिंहले भने, “विद्यार्थीहरुलाई सचेतना जगाउने कार्य जिल्ला प्रहरी कार्यालयका प्रमुख र अधिकृत प्रहरीले सहजीकरण गरिएको छ ।”

समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधका विरुद्ध जनतालाई सचेत बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुव्र्यसनी तथा प्रविधिको गलत प्रयोगमार्फत बढ्दो साइबर अपराध नियन्त्रणका लागि सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरी उपरीक्षक सिंंहको भनाइ छ ।

किशोर विद्यार्थीमा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागुऔषधको दुव्र्यसन र सडक असुरक्षाका कारण समाजमा अपराध र असुरक्षा बढिरहेकोले यसतर्फ सबै सचेत रहनुपर्ने शिव माध्यमिक विद्यालय कालेगाउँका प्रधानाध्यापक तिलकबहादुर खत्रीले बताए ।

उनले प्रहरीको यस अभियानले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रहरीको यस्तो कार्यक्रमले अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने त्रिभुवन माध्यमिक विद्यालय कक्षा– ८ की छात्रा लक्ष्मी खत्रीले बताए । उनले भने,“हामीलाई साइबर अपराधका विषयमा खासै जानकारी थिएन्, यो कार्यक्रममा धेरै ज्ञान आर्जन भयो, फेसबुकमा के लेख्ने र के नलेख्ने भन्ने विषयमा पनि थाहा भयो ।”

प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेर जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयमा प्रशिक्षणका कार्यक्रम गरिरहेको उपरीक्षक सिंहले बताए ।

वि.सं.२०७५ पुस ३ मंगलवार १६:३३ मा प्रकाशित

ADBL AD
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन...

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको...

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका...

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता...