back

तस्कर समूहद्धारा प्रहरीमाथि कुटपिट,हतियार लिएर फरार

वि.सं.२०७५ पुस ३ मंगलवार

426 

shares
IME Limited
NTC AD

३ पस, वीरगञ्ज । पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा गएराति ३ बजेतिर प्रहरीचौकी पाङ्डेपुरका प्रहरीलाई तस्करले कुटपिट गरी हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी चौकी पिडारीगुठीबाट गएको प्रहरी टोलीर्ले रोकन खोज्दा तस्कर र प्रहरीबीच विवाद शुरु भएको थियो । प्रहरीचौकी पाङ्डेपुरबाट थप तीनजना प्रहरी घटनास्थल पुगेपछि विवाद झन चर्किन जाँदा करीब ४० जनाको सङ्ख्यामा रहेका तस्करले प्रहरी जवानलाई लाठी, भाटाले कुटपिट गरी एकनाल थ्रीनट थ्री बन्दुक लुटेर फरार भएका छन् ।

तस्करको कुटाइबाट प्रहरी चौकी पाङ्डेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव, प्रहरी जवान प्रेमबहादुर राणा र अर्जुन चौधरी घाइते भएका छन् । घाइतेको नेशनल मेडिकल कलेज र न्यूरो अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

तस्करहरुको खोजीकार्य जारी रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

वि.सं.२०७५ पुस ३ मंगलवार १६:३९ मा प्रकाशित

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज...

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

ओस्लो । नेपाली जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा...

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बलेवा (बागलुङ) । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत्...

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

वालिङ । कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई...

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...