back

कारोवार रोक्ने गतिविधिप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण

वि.सं.२०७५ पुस ३ मंगलवार

459 

shares
IME Limited
NTC AD

३ पुस,काठमाडौँ । नेपाल धितोपत्र बोर्डले विगत केही दिनदेखि लगानीकर्ताले पूँजीबजारसम्बन्धी माग राख्दै दोस्रो बजार कारोवार रोक्नेसम्बन्धी गतिविधि भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी पछिल्लो समयमा मुद्रा तथा पूँजीबजारमा देखिएका समस्या समाधानका लागि सरकारले उच्चस्तरीय कार्यदल गठन भएको जनाइएको छ । ब्याजदर, शेयर बजार र ऋणपत्रलगायत समग्र मूल्याङ्कन गरी वित्तीय स्थायित्व एवम् लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम गरिरहेकोसमेत बोर्डले उल्लेख गरेको छ ।

सो कार्यदलमा लगानीकर्ताको समेत प्रतिनिधित्व रहेको र प्रतिवेदन बुझाउने क्रममा रहेको भन्दै बोर्डले सरोकार भएकासँग छलफल गरी दिइने सुझावको कार्यान्वयनबाट बजारमा थप विकास एवम् स्थायित्व अभिवृद्धि हुने तथा लगानीकर्ताका मागसमेत सम्बोधन हुनेमा विश्वस्त रहेको विज्ञप्तीमा जनाइएको छ ।

दोस्रो बजार कारोवार सुसञ्चालनमा संयमताका लागि आग्रह गर्दै बजारलाई थप स्वच्छ, पारदर्शीरुपमा अगाडि बढाउन लगानीकर्ताका साथै सबै पक्षसँग सहयोगका लागि बोर्डले अनुरोध गरेको छ । पूँजीबजार सुधारको माग गर्दै शेयरलगानीकर्ता दबाब समूहले विगत नौ दिनदेखि असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

वि.सं.२०७५ पुस ३ मंगलवार १९:४१ मा प्रकाशित

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...

इजरायल र इरानबाट नेपालीलाई उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा

इजरायल र इरानबाट नेपालीलाई उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा...

कात्तिक दोस्रो साता उपनिर्वाचनको तयारी गर्दै सरकार

कात्तिक दोस्रो साता उपनिर्वाचनको तयारी गर्दै सरकार

काठमाडौँ । सरकारले देशभर रिक्त जनप्रतिनिधिहरूको उपनिर्वाचन गर्ने तयारी गरेको...

सहकारीको रकम अपचलन गरी फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

सहकारीको रकम अपचलन गरी फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू...

सुत्केरी अवस्थामा एक महिला मृत फेला, शिशु भने जिवितै

सुत्केरी अवस्थामा एक महिला मृत फेला, शिशु भने जिवितै

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत...