४ पुस काठमाडौ । नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरु पनि आपसमा आरोप प्रत्यारोप उत्रिएका छन् । प्रभावशाली नेताहरुले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रुप लिएको दाबि गरे ।
स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रुपमा ३५ बुँदे फरक धाराणा राखेका छन् । उनले अध्यक्षद्धयको राजनितिक प्रतिवेदनमा समुचित नीति नआएको र संगठतात्मक कार्यक्रम नलेखिएको भन्दै आलोचना गरे ।
एकीकृत पार्टीमा दुई अध्यक्ष गरिएको पनि उनले जिकिर गरे । पार्टीको मुख्य नेतृत्व कसले छनौट गर्ने, सचिवालय, पुर्ण कमीटि र महाधिवेशन कसले गर्ने ? यो कुनै व्यक्तिको इच्छा र अनुसार हुने हो र ? प्रथिनिधित्व, योग्यता र वरियताको मापदण्ड के हुने ? कुन निकायले निर्धारण गर्ने ? रावलले लिखित धारणा राख्दै टिप्पणी गरे । स्पष्ट बहुमत हुँदाहुँदै पनि विपरीत सिद्धान्त बोकेका पार्टीलाई सरकारमा ल्याउने कुरा कसरी आयो ? रावलले भने । आजको अन्नपुर्ण पोस्ट् दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस ४ बुधवार ०८:१६ मा प्रकाशित