
४ पुस, काठमाडौं । अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिदैँ आएका थप दुई सय डलर नलिने भएको हो । गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । अब १६० डलर मात्र तिनुपर्ने समझदारी भएको छ ।
‘अमेरिकाले भिसा प्रोसेसिङका लागि लिदैँ आएको थप दुई सय डलर हटाउन आग्रह गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ,” अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसमा अमेरिकी पक्ष सकारात्मक छ ।’ पटक पटक भएको छलफलमा अमेरिकी अधिकारीहरु अतिरिक्त शुल्क हटाउने सहमत भएपछि नै भिसा पारस्पारिकता सम्बन्धी प्रस्ताव अघि बढाइएको गृहमन्त्रालय श्रोत बताउँछ । अमेरिका शुल्क घटाउन तयार भएपछि नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको हो ।आजको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७५ पुस ४ बुधवार ०८:१८ मा प्रकाशित