back

विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी

वि.सं.२०७५ पुस ४ बुधवार

396 

shares
IME Limited
NTC AD

४ पुस, गलकोट । बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ ।
विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

यसका लागि आयोजनाले केही दिन अघि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरसहितको बैठक राखेर छनोटमा परेका स्थानीय तह र गर्नुपर्ने कामको बारेमा जानकारी गराएको नगरप्रमुख पौडेलको भनाइ छ । पौडेलका अनुसार गण्डकी प्रदेशका बागलुङलगायत तनहुँको शुक्लागण्डकी, ब्यास र स्याङ्जाको पुतलीबजार नगरपालिका आयोजना सञ्चालनको लागि छनोटमा परेका छन् । आयोजनाले सूचक तय गरी बजेट बाँडफाँट गर्दा प्रति नगरपालिका करीब रु ७०–८० करोडको बजेट प्राप्त गर्नसक्ने नगरप्रमुख पौडेलले बताए ।
बागलुङ नगरपालिकाको रिङरोडको रुपमा परिचित सडक यही आयोजनाको पहिलो चरणमा निर्माण भएको थियो । आयोजनाबाट प्राप्त हुने बजेट नगरपालिकाका गौरवका आयोजनामा खर्च गर्न सक्ने नगरप्रमुख पौडेलले बताए ।
विश्व बैंकमार्फत नेपाल सरकारले प्रदान गर्ने अनुदान रकमलाई हरेक नगरपालिकाको जनसङ्ख्या, क्षेत्रफल, पूर्वाधारको अवस्था, लागतलगायतका सूचक राखेर बजेट बाँडफाँट गरिने आयोजनाले जनाएको छ ।

वि.सं.२०७५ पुस ४ बुधवार १२:५० मा प्रकाशित

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

नेप्से परिसूचक २२ अङ्कले घट्यो

नेप्से परिसूचक २२ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...

यस्तो छ आज : विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज : विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

माबिलुङ इनर्जीको आइपिओ खुल्यो

माबिलुङ इनर्जीको आइपिओ खुल्यो

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आइपिओ खुला गरेको छ ।...