back

अपाङ्गता भएका किशोरी बुटिक तालीम लिँदै

वि.सं.२०७५ पुस ४ बुधवार

411 

shares
IME Limited
NTC AD

४ पुस, कपिलवस्तु ।  दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम छैनन् । केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालीम लिँदै छन् ।

उनले भनीन्, “हामीजस्ताको हातमा सीप नभएकै कारण बेरोजगार बस्नुपर्ने बाध्यता रहेको थियो । अहिले बुटिक तालीम लिँदै छु ।” बुटिक तालीम लिएपछि उहाँले यसै पेशालाई व्यावसायिक बनाउने बताएकी छन् ।

स्टोमाफाउण्डेसन, किर्डाक नेपाल र नगरपालिकाको सहयोगमा नगरस्तरीय आपाङ्गता पुनःस्थापन समितिले आयोजना गरेको दुई महीने बुटिक तालिममा १० जना अपाङ्ग किशोरी सहभागी भएका छन् । हातमा सीप नभएकै कारण अहिले धेरै किशोरी बेरोजगार रहेको उल्लेख गर्दै समितिका अध्यक्ष दीपक खड्काले भने, “यो सीपलाई व्यावसायिक बनाउन सके राम्रो कमाइको बाटो हुन सक्छ ।

तालीममा सहभागीहरूले दैनिक जीवनमा आइपर्ने घरेलु समस्या समाधान गर्न यसै पेशालाई व्यावसायिक रूप दिन सकिने बताए । घरमै बसेर स्वरोजगारको रूपमा बुटिक पेशालाई अगाडि बढाउन सकिने उनीहरूले बताए । गत मङ्सिर १० गतेदेखि बुटिक तालीम शुरु भएको हो ।

वि.सं.२०७५ पुस ४ बुधवार १४:३६ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...