back

कोही पनि नेपाली स्वास्थ्य सेवाबाट वञ्चित नहुने

वि.सं.२०७५ पुस ४ बुधवार

363 

shares
IME Limited
NTC AD

४ पुस, भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले कोही पनि नेपाली स्वास्थ्य सेवा र सुविधाबाट वञ्चित हुने स्थिति आउन नदिइने बताएका छन् ।

बोडेस्थित कृषि तालीम केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको दुईदिने राष्ट्रिय वार्षिक समीक्षा कार्यक्रमको समापन गर्दै उनले मन्त्रालयले नेपालका सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई प्रविधि विस्तार गरी सेवासुविधा प्रभावकारी बनाउने जानकारी गराए ।

समीक्षा कार्यक्रमको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्दै प्रभावकारी स्वास्थ्य सेवा दिन सरकार प्रतिबद्ध रहेको बताए । देशभरका सरकारी अस्पताल र स्वास्थ्य संस्थाको सेवा प्रभावकारी नभएको गुनासो बढेकाले त्यस्ता स्वास्थ्य संस्थाको अनुगमन गरी सेवा प्रभावकारी बनाइने उनले उल्लेख गरे । सो समीक्षा कार्यक्रमबाट कुनै पनि बिरामीले स्वास्थ्य सेवाबाट वञ्चित हुने स्थिति आउन नहुने निष्कर्ष निकालेको छ ।

वि.सं.२०७५ पुस ४ बुधवार २१:०८ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...