back

बनेपाको पाउरोटी उद्योगमा सिल

वि.सं.२०७५ पुस ५ बिहीवार

399 

shares
IME Limited
NTC AD

५ पुस, काभ्रेपलाञ्चोक ।  बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ । स्थानीयवासी मीरा शाक्यले बिना अनुमति २०३३ सालदेखि उक्त उद्योग सञ्चालन गर्दै आएका थिए ।

विभागबाट अनुमति नलिएको, पाउरोटी उत्पादन गर्न प्रयोग गरिएका सामग्री सरसफाइमा ध्यान नदिएको तथा केही खाद्य सामग्री कुहिएको अवस्थामा रहेको भेटिएकाले उत्पादन बन्द गराउन सिल गरिएको डिभिजन कार्यालयका खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले जानकारी दिए । उद्योगले विशेषगरी बनेपाका अधिकांश विद्यालयमा पाउरोटी पठाउने गरेको शाक्यले बताए ।

अनुगमनका क्रममा सरसफाइमा ध्यान नदिँदा विद्यालयका बालबालिकामा अखाद्य वस्तु पठाएकाले पाउरोटी उत्पादन गर्ने भट्टीमा दुई वटा सिल गरिएको हो । सरसफाइ एवं कारखाना मापदण्डअनुसार व्यवस्थित गरी विभागबाट अनुमित लिएपछि मात्रै उद्योग सञ्चालन गर्न चेतावनी दिइएको छ । यसअघि डिभिजन कार्यालयको अनुगमन टोलीले गत मङ्सिर २४ गते अनुगमनका क्रममा बिना अनुमति तारादेवी गौतमले सञ्चालन गरेका नमोबुद्ध नगरपालिका–७ भकुण्डेस्थित विष्णु बेकरी क्याफे बन्द गरेको थियो ।

टोलीले भकुण्डेका तीन वटा हार्डवेयर पसलमा अनुगमन गर्दा ढक, तराजु अद्यावधिक नगरिएकाले अद्यावधिक नगरे बिक्री वितरण बन्द गर्ने चेतावनी दिएको थियो । साथै नमोबुद्ध नपास्थित भकुण्डे बजारका अन्य ११ वटा होटल–पसलमा अनुगमन गरी मूल्यसूची नराखेको, अन्तःशुल्कबाट अनुमति नलिएको, होटल–पसलमा सरसफाइको कमी, मदिरा र अन्य खाद्य पदार्थ एकै स्थानमा राखिएको पाएपछि होटल–पसल सञ्चालकलाई मापदण्डअनुसार सञ्चालन गर्न एक महीनाको समयसीमा दिई म्याद नाघेका पाँच हजार रुपैयाँ बराबरको कोक, पेप्सी, स्प्राइट पेयपदार्थ नष्ट गरेको थियो ।

वि.सं.२०७५ पुस ५ बिहीवार १४:१४ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...