back

महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा

वि.सं.२०७५ पुस ५ बिहीवार

423 

shares
IME Limited
NTC AD

५ पुस, काठमाडौ ।  तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ ।

सूचना छिटो छरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन दिइने व्यवस्था गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार नगरभरिको १३७ महिला स्वयंसेविकालाई वार्षिक रु एक हजारको रिचार्ज कार्ड दिइने छ भने प्रत्येक वडाको एक महिला स्वयंसेविकालाई एक सेट मोबाइल फोन र रिर्चाज कार्ड दिइने व्यवस्था रहेको प्रमुख गिरीले बताए ।

वडाका एक स्वयंसेविकाको संयोजकमा अन्य महिला स्वास्थ्य स्वयंसेविकालाई आगामी कार्यक्रमको बारेका सोही फोनबाट जानकारी दिनुपर्ने छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिन पर्ने भएकाले उनीहरुलाई थप सुुविधा होस् भनेर यस खालको कार्यक्रम ल्याइएको हो ।
यस खालको सञ्चार सुविधाबाट सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने जस्ता स्वास्थ्यका आधारभूत विषयमा सहयोग पुग्ने वडा नं ९ का स्वास्थ्य स्वयंसेविका लक्ष्मी अधिकारीले बताए ।

वि.सं.२०७५ पुस ५ बिहीवार १४:३६ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...