back

निर्मला हत्या प्रकरण : १८ प्रहरीलाई कारबाहीको तयारी

वि.सं.२०७५ पुस ६ शुक्रवार

213 

shares
NTC AD

६ पुस, काठमाडौं । प्रहरीले निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालिन कन्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारबाही गर्ने तयारी गरेको छ । एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिबेदनको सिफारीस अनुसार प्रहरी कार्यालय मातहतको कानुन विभाले उनीहरुमाथि कारबाही चलाउन लागेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
समितिले एसपी विष्ट, डीएसपी अंगुर जीसी र ज्ञान बहादुर सेट्ठी इन्सपेक्टरहरु एकेन्द्र खड्का, जगदिश भट्ट र गणेश सापकोटा, ४ सइ, ३ हवल्दार, ५ कन्सटेबलमाथि विभागीय कारबाही सिफारीस गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षक सवेन्द्र खनाललाई बुझाइएको प्रतिवेदन कानुन शाखामा पठाइएको छ । प्रतिवेदनले दोषी ठहराइएकालाई अब कानुन शाखाले विभागीय कारबाही गर्नेछ ।

 

वि.सं.२०७५ पुस ६ शुक्रवार ०८:०९ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा...

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

काठमाडौँ । नेकपा एमालेले पाँचथरको फालेलुङ गाउँपालिका–५ को विष्फोट घटनामा...

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला...