back

प्रहरीले ल्यायो ‘मोबाइल फोरेन्सिक इन्भेष्टिगेसन भ्यान’

वि.सं.२०७५ पुस ६ शुक्रवार

231 

shares
NTC AD

६ पुस, काठमाडौँ । नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग पुग्ने अत्याधुनिक उपकरणजडित गाडी ‘मोबाइल फोरेन्सिक इन्भेष्टिगेसन भ्यान’ भित्र्याएको छ ।

अपराध हुँदा सूक्ष्मरुपले अनुसन्धान गर्न मिल्ने उक्त भ्यान प्रहरी प्रधान कार्यालय काठमाडौँले विहिबार महानगरीय प्रहरी अपराध माहाशाखा टेकुलाई हस्तान्तरण गरेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मोबाइल भ्यानमा अपराध अनुसन्धानका लागि अत्यावश्यकपर्ने आधुनिक उपकरण जडान गरिएको जानकारी दिए ।

उनले महानगरीय प्रहरी अपराध माहाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहलाई विहिबारै भ्यानको साँचो हस्तान्तरण गर्दै सङ्गठनलाई साधन स्रोत तथा प्रविधियुक्त बनाउन सङ्गठनको प्राथमिकता रहेको बताएका थिए ।

यस्ता प्रविधिलाई प्रदेशमा पनि विस्तार गर्दै लैजाने उनको भनाइ छ । उनले अनुसन्धानमा खटिने प्रहरी अधिकृतले यस्ता प्रविधिको भरपुर सदुपयोग गर्न निर्देशन दिए ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका तर्फबाट प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले भ्यानको विशेषताबारे जानकारी दिँदै अपराध अनुसन्धानलाई थप प्रभावकारी र वैज्ञानिक बाउने विश्वास व्यक्त गरे ।
रु ९६ लाखमा खरीद गरिएको उक्त भ्यानमा रु ४६ लाख बराबरका १६ प्रकारका अनुसन्धान उपकरण जडान गरिएको छ ।

वि.सं.२०७५ पुस ६ शुक्रवार ०८:१६ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...