back
CTIZAN AD

धामीझाँक्री र पुरोहित अब कुरीतिविरुद्ध अभियानकर्मी

वि.सं.२०७५ पुस ६ शुक्रवार

804 

shares

६ पुस, दार्चुला । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशभर कुरीतिविरुद्ध स्थानीय धामीझाँक्री र पुरोहितलाई अभियानकर्मीका रुपमा अगाडि बढाउने भएको छ ।

सूदूरपश्चिम प्रदेशमा वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा तथा कुसंस्कार हटाउन उक्त मन्त्रालयले नौ वटै जिल्लामा पुगेर स्थानीय धामीझाँक्री र अन्तरक्रिया थालनी गरेको हो । लैङ्गिक हिंसाको वर्तमान अवस्था र न्यूनीकरणका लागि विद्यमान कानूनी प्रक्रियानबारे जानकारी गराउने र अहिलेसम्म चलिआएका अन्धविश्वास, कुप्रथा, गलत परम्परा पहिचान गरी भावी कार्यदिशाका लागि सुझाव सङ्कलन गर्ने उद्देश्यले धामीझाँक्री र पुरोहितको सहभागितामा अन्तरक्रिया गरिएको उक्त मन्त्रालयले जनाएको छ ।

हरेक जिल्लाका धामी, झाँक्री, पुरोहितलाई लैङ्गिक हिंसा, छाउपडीलगायतका विसङ्गति र कुरीतिविरुद्ध राष्ट्रिय नीतिका बारेमा जानकारी गराइ उनीहरूलाई नै अभियानकर्मीका रुपमा अगाडि बढाइने उक्त मन्त्रालयका महिला विकास अधिकृत कमला शाहीले जानकारी दिइन् ।

सदरमुकाम खलङ्गामा शुरु भएको अन्तरक्रियामा जिल्ला नौवटै गाउँपालिका, नगरपालिकाका धामीझाँक्री र पुरोहित सहभागी थिए । सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले कार्यक्रम शुभारम्भ गर्दै बिरामीलाई झारफुकमै अलमल्याउनुभन्दा पनि अस्पताल पठाउन प्रेरित गर्नका लागि धामीझाँक्रीको भूमिका महत्वपूर्ण हुने बताए । रासस

वि.सं.२०७५ पुस ६ शुक्रवार ०८:५४ मा प्रकाशित

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...