back

कर्णालीका १७ स्थानीय तह बैंकविहीन

वि.सं.२०७५ पुस ६ शुक्रवार

237 

shares
NTC AD

६ पुस, सुर्खेत ।  नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दासमेत कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन छन् ।

सुरक्षा, विद्युत् र इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको अभाव जनाउँदै बैंकले ती स्थानीय तहमा शाखा विस्तार नगरेका हुन् । कर्णाली प्रदेशका ७९ मध्ये हालसम्म ६२ स्थानीय तहमा मात्र बैंकका शाखा छन् ।

नेपाल राष्ट्र बैंकले तोकिएका स्थानमा आ–आफ्नो शाखा सञ्चालन गर्न सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका साथै विभिन्न निजी बैंकलाई एक वर्षअघि नै निर्देशन दिएपनि कार्यान्वयन नहुँदा सेवाग्राहीलाई जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता कायमै छ ।

राष्ट्र बैंकका निर्देशक हिमप्रसाद न्यौपानेले स्थानीय तहमा शाखा विस्तार गर्न सम्बन्धित बैंकलाई ताकेता गरिरहेको बताउनुभयो । “बैंकलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार नहुँदा शाखा विस्तार गर्न समस्या रहेछ”, उनले भने, “हामीले पटक–पटक ताकेता गर्दासमेत बैंकले सुरक्षा, विद्युत् र इन्टरनेटको समस्या देखाएका छन् ।”

निर्देशक न्यौपानेले आगामी असार मसान्तभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकले शाखा विस्तार गर्ने जिकिर गरे । “सरकारी कारोवारको सहजताका लागि ०७६ असार मसान्तसम्म देशभरका स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्न वाणिज्य बैंकलाई पनि निर्देशन दिएका छौँ”, उनले भने । राष्ट्र बैंकले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा छिट्टै आफ्नो प्रादेशिक संरचना निर्माण गर्ने जनाएको छ ।

वि.सं.२०७५ पुस ६ शुक्रवार ११:५४ मा प्रकाशित

ADBL AD
पालिकाले मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने

पालिकाले मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र पुग्ने...

इथानोल मिश्रण नीति छिट्टै ल्याइने छ : मन्त्री भण्डारी

इथानोल मिश्रण नीति छिट्टै ल्याइने छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम...

टिभिएस नेपालद्वारा “नयाँ युगको आरम्भ’’ अफर सार्वजनिक

टिभिएस नेपालद्वारा “नयाँ युगको आरम्भ’’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

पान नं. अद्यावधिक गर्न एन.आई.सी.एशिया बैंकको अनुरोध

पान नं. अद्यावधिक गर्न एन.आई.सी.एशिया बैंकको अनुरोध

काठमाडौं । स्थायी लेखा (प्यान) नम्बर प्रयोग नगरि खाता संचालन...

मस गाउँमा फल्यो विदेशी स्याउ

मस गाउँमा फल्यो विदेशी स्याउ

ढोरपाटन (बागलुङ) । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस...

गलपानी क्षेत्रमा जोडियो केन्द्रीय विद्युत लाइन

गलपानी क्षेत्रमा जोडियो केन्द्रीय विद्युत लाइन

ढोरपाटन (बागलुङ) । नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय...