७ पुस, काठमाडौं । अब माध्यमीक विद्यालय तहमा कुनै पनि विदेशी विद्यालय सञ्चालन गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइने भएको छ । विदेशी सम्बन्धन लिएर कक्षा सञ्चालनमा आइरहेका माध्यमीक विद्यालयलाई पनि छिट्टै हटाइने भएको छ ।
सरकारद्धारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको शिक्षाको दीर्घकालिन सुधार सम्बन्धी प्रतिवेदनको मस्यौदा पारित भए विदेशी सम्बन्धनबाट कुनै पनि विद्यालय सञ्चालन गर्न नपाइने आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिवेदनमा हाल विदेशी सम्बन्धन लिएर सञ्चालनमा आएका विद्यालयलाई समयावधि दिएर हटाउन प्रस्ताव गरिएको छ । विदेशीको आवश्यकता पूरा गर्न अवदेखि कक्षा सञ्चालनको अनुमति दिन नहुने आयोगका सदस्य बाबुराम अधिकारीले बताए ।
वि.सं.२०७५ पुस ७ शनिवार ०७:४७ मा प्रकाशित