back

एजेन्डा नै पत्तो पाउँदैनन् प्रदेश सांसद

वि.सं.२०७५ पुस ७ शनिवार

204 

shares
NTC AD

७ पुस, बुटवल । पाँच नम्बर प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिको शुक्रबार बसेको बैठकमा नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि विषयको छलफल गर्ने कार्यसूची थियो । समितिमा १३ जना सदस्यलाई बैठकको विषयबारे तीनदिन अगावै जानकारी दिइएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी सहभागी बैठकमा समितिका सभापति दधीराम न्ययौपानेले बैठक सुरु गर्दै सदस्यलाई धारणा राख्न आग्रह गरे । तर, बैठकमा सहभागी अधिकांश सदस्यले न त कार्यविधि पढेका थिए न त बैठकको एजेण्डानै बुझेका थिए ।
समितिका सांसद रामजी प्रसाद घिमीरेले कार्यविधि हेर्न नभ्याएको भन्दै सुनेका कुरा भन्दै धारणा राखे । ‘कार्यविधि हेर्न भ्याएको छैन, तैपनि यो घाटगद्धी गरेर विक्रि गर्दा लागत बढ्छ भन्ने कुरा सुनिएको छ , यसलाई सच्याउनु पर्छ,’ उनले भने ।
संसदीय समिति मिनि संसद् हो । समितिको बैठकमा मात्रै होइन, प्रदेश सभा बैठकमा समेत सांसदहरु हचुवाको भरमा भाषण गर्छन् । संसद्को कार्यविधि तथा संसद्बाटै पारित भएका नीति नियमको बारेमा समेत उनीहरु बेखबर छन् ।
आजको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७५ पुस ७ शनिवार ०८:०८ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...