
विगतमा पनि लोकतन्त्र सिध्याउने षड्यन्त्र हुँदा त्यसलाई सफल पारेको बताउँदै ओलीले त्यस्ता षड्यन्त्रलाई सफल हुन नदिने बताए । लोकतान्त्रिक व्यवस्थामा कुलघरानाका मान्छेहरु छटपटाएको बताउँदै उनले नेपाली जनताले त्यस्तो शाषक नभएर सेवक खोजेको स्पष्ट पारेका थिए ।
नेपाल इन्जिनिर्यर्स एसोसियसनका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदैं उनले भने, ‘जनताका निम्ति काम गरौं । कुलघराना वा नवघरानाबाट जो पनि आउन सक्छ ।’ यद्यपी कुलघरानामा सबै गलत नहुने उनको भनाई थियो । आजको नागरिक दैनिकबाट
वि.सं.२०७५ पुस ७ शनिवार ०८:२९ मा प्रकाशित