back

दुर्घटनामा मृत्यु भएका २२ को शव अस्पतालमा

वि.सं.२०७५ पुस ७ शनिवार

393 

shares
IME Limited
NTC AD

७ पुस, दाङ । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने बताइएको छ ।

सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर घाइते भएका र उनीहरूको सोही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गए राति नै कोहलपुरस्थित शिक्षण अस्पताल लगिएकोे थियो ।
शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटना भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र स्थानीयवासी उद्धारका लागि खटिएका थिए ।

घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बेलुका बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । अठतीस यात्रु सवार गरेका उक्त बस करिव सातसय मिटर तल खसेको थियो । बसमा ३२ विद्यार्थी, तीन गाडीका कर्मचारी, दुई शिक्षक र एक शिक्षालयका कार्यालय सहयोगी रहेको जनाइएको छ ।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । घोराही उपमहानगरपालिका–३का ३२ वर्षीय बसचालक मदन केसी, वडा नं २७ का २८ वर्षीय प्रदीप घिमिरे, दङ्गीसन गाउँपालिका–१ का ३० वर्षीय सञ्जित रजगैयाँ, भुमे गाउँपालिका–६ रुकम पूर्वका २८ वर्षीय नरेश वली, घोराही उपमहानगरपालिका–१४का १७ वर्षीय विजय जिएमको सनाखत भएको प्रहरी प्रमुख जीवन शाहीले जानकारी दिए ।

वि.सं.२०७५ पुस ७ शनिवार ०९:०२ मा प्रकाशित

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौँ । राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु...

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न गगन थापाको माग

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका...

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका...

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ: फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुहोहोस्

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ: फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुहोहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष...

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक...

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...