back

६ वर्ष जेलजीवन भोगेर फर्किएका युवाले भने ‘फेसबुकबाट प्रेम नगर्नुस्’

वि.सं.२०७५ पुस ७ शनिवार

393 

shares
IME Limited
NTC AD

७ पुस, मुम्बई ।  “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ वर्ष जीवन बिताई यसै हप्ता स्वदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए ।

सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इञ्जिनीयर हमिद नेहाल अन्सारीले बताए ।

तर सामाजिक सञ्जालमार्फत आफूले प्राप्त गरेको ठेगाना पछ्याउँदै अन्सारी पाकिस्तानी किशोरीको घरमा पुग्दा त्यहाँ पाकिस्तानी प्रहरी तैनाथ थिए र उहाँलाई त्यहीँबाट पक्राउ गरियो । उहाँलाई पछि जासूसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा छ वर्षको जेल सजाय तोकियो ।

“अपरिचित व्यक्तिसँग भावनामा नडुब्नुस् र फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत ‘माया जाल’ मा नफस्नुस्,” अन्सारीले आफू रिहा भई भारत फर्केको तीन दिनपछि एएफपीसँगको कुराकानीमा भने ।

पाकिस्तानी जेलमा छ वर्षको बसाइपछि मङ्गलबार घर फर्किएका इञ्जिनीयर अन्सारीले भारतीय सिमानामा पुगेपछि भावुक मुद्रामा आफ्नी आमासँग गलामा गला जोडेको र जन्मभूमिलाई पूरै घोप्टो परेर ढोगेको श्रव्यदृश्य स्थानीय सञ्चारमाध्यमले उच्च महत्वका साथ प्रसारण गरेका छन् । उक्त दृष्य सामाजिक सञ्जालमा पनि ‘भाइरल’ बनेको छ ।

“निर्वासित हुन पाउनु मेरो जीवनका लागि सबैभन्दा खुशीको क्षण भएको छ,” ३३ वर्षीय अन्सारीले मुम्बईस्थित आफ्नो घरबाट फोनमा बताए ।

उनले भने, “अब मैले एउटा व्यवसाय शुरु गर्छु । विवाह गर्छु । आफ्नो र परिवारको सुखमा रमाउँछु । मलाई थप सामाजिक बन्नु छैन ।”

क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तानबीच सन् १९४७ मा बेलायतबाट उनीहरू स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन् । उनीहरूले फरक फरक समय र परिस्थितिमा एक अर्काका नागरिकलाई जासूसी आरोपमा पक्राउ गर्ने र थुन्ने विषय सामान्यजस्तै देखिँदै आएको छ ।

वि.सं.२०७५ पुस ७ शनिवार ०९:४८ मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...