८ पुस, काठमाडौ । बालिका निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा प्रहरी फेरि पनि असफल भएको छ । पछिल्लोपटक दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान चलाएको प्रहरीले डिएनए नमिलेपछि विशाललाई छाडिदिएको छ । यद्यपि प्रहरीले डिएएनए रिर्पोट सार्वजनिक भने गरेको छैन ।
प्रहरी नेतृत्वले उनीहरुको रिर्पोटबारे सूचना पाएपछि विशाललाई छाडेको उच्च श्रोतले बताएको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
डिएनए रिर्पोट कञ्चनपुर पुगिसकेको पनि प्रहरी श्रोतले ताएको छ । प्रदीप भने प्रहरी वृृत्त महाराजगन्जको हिरासतमै छन् । कञ्चनपुर प्रहरीले भने डिएनए रिर्पोट प्राप्त नभएको जनाएको छ । ‘उतैबाट भेरी फाई गरेर विशाललाई छाडेको होला । आजसम्म दुवैको रिर्पोट यहाँ आएको छैन,’ कञ्चनपुर प्रहरी प्रवक्ता कृष्णराज ओझाले बताए । विशाल र प्रदीपले निर्मलाको हत्या आफूहरु मिलेर गरेको साबिती बयान प्रहरीलाई दिएका थिए ।
वि.सं.२०७५ पुस ८ आइतवार ०७:५९ मा प्रकाशित