८ पुस काठमाडौ । नेकपामा वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल पनि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालमाथि खनिएका छन् । जारी स्थायी समिति बैठकमा शनिबार उनीहरुले अध्यक्षद्धयको पार्टी तथा सरकार सन्चालन कार्यशैलीप्रती व्यापक असन्तुष्टि व्यक्त गरे ।
सरकार सन्चालनमा पार्टीको भुमीका रहनुपर्ने माग गरे । सरकारका गतिविधिमा पार्टीलाई कुनै जानकारी नहुने तर त्यसको स्वामित्व पार्टीले लिनुपर्ने अवस्था छ । पार्टीमा छलफलबिनै हुने सरकारका निर्णयको स्वामित्व लिन अप्ठेरो भइरहेको भन्दै नेताहरुले यसअघि पनि प्रश्न उठाउँदै आएका थिए ।
नेताद्धयले पार्टी पद्धतीलाई ख्याल गरेर अघि बढ्न अध्यक्षहरुलाई चेतावनी दिए । सरकारलाई पार्टीले चलाउने व्यवस्था हुनुपर्छ,नेपालले भने,यो पार्टी हो भन्ने बुझेर काम गरौ । उनले पार्टीभित्र जिम्मेवारी बाँडपाँटमा विधिभन्दा व्यक्ति हेरिएको भन्दै आपत्ति जनाए । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस ८ आइतवार ०८:११ मा प्रकाशित