back

दलितले पाउँदैनन् जन्ती र मलामी

वि.सं.२०७५ पुस ८ आइतवार

402 

shares
IME Limited
NTC AD

८ पुस, सुर्खेत । चुलो छोएको निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । अरु जातिकाले उनीमाथि सामुहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो ।
गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएको कारण उनी मारिइन् । उनी वडा नम्बर ९ की सदस्य समेत थिइन् । धारा छोएको आरोप लगाएपछि विवाद बढ्यो । मध्यरातमा ४५ वर्षीया मनालाई कथित उपल्ला जातिका मान्छेले कुटेर हत्या गरे ।
कर्णालीमा छुवाछुतकै कारण हत्या भएका यी प्रतिनिधि घटना मात्र हुन् । यहाँ दलितमाथि हिंसाका घटना बढिरहेका छन् । जसका कारण मान्छे मारिएका छन् । जिउँदाको जीवन पनि कठिन बनेको छ । दलितले जन्ती र मलामी पाउन समेत नसकेको अवस्था छ ।
सरकारी तबरबाट छुवाछुत मुक्त अभियानमा लाखौं बजेट खर्च भइरहेको छ । छुवाछुतविरुद्ध दर्जनौ गैरसरकारी संस्था सक्रिय छन् । तर, कर्णालीका अधिकांश स्थानमा दतिलमाथि भान्सामा पसेको, चुलो र धारा छोएको निहुनमा आक्रमण रोकिएको छैन् । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७५ पुस ८ आइतवार ०८:२५ मा प्रकाशित

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...

इजरायल र इरानबाट नेपालीलाई उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा

इजरायल र इरानबाट नेपालीलाई उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा...