
८ पुस, नेपाली फिल्मा लगानी बढेको छ । बर्सेनी बन्ने फिल्मको संखया सय हाराहारी पुगेको छ । तर, नाफा ? अहँ, छैन । बरु हरेक वर्ष आधार अर्बभन्दा बढी रुपैयाँ डुबिरहेको छ ।
फिल्म निर्माणमा बार्षिक एकदेखि डेढ अर्बको लगानी हुनछ । तर, निर्माण भएको पाँचदेखि सात प्रतिशत चलचित्रले मात्रै लगानी सुरक्षित गर्छन् ।
०७५ को ८ महिनाको अवधिमा प्रदर्शनमा आएका ६५ चलचित्रमध्ये पाँचप्रतिशतले लगानीको थोरै गुणा कमाए । नाफा कमाउने केही फिल्मको ‘चार्म’ देखेर लगानी बढ्दै गएको छ । अघिल्ला वर्षभन्दा यसवर्ष फिल्म फ्लप हुने क्रम अत्यधिक देखिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
बैशाख ७ गते रिलिज भएको वर्षको पहिलो फिल्म ‘स्वर्ग मेरो गाउँ’देखि २८ गते प्रदर्शनमा आएका ‘सुश्री सम्पत्ति’, ‘डोली’, र ‘कथा ७२’ सम्म आइपुग्दा ६८ फिल्म रिलिज भए ।
कलाकारको बढ्दो पारिश्रमिक र विदेशमा हुने छायांकनले फिल्म बजेटमा बृद्धि भएको पाइन्छ ।
वि.सं.२०७५ पुस ८ आइतवार ०८:३८ मा प्रकाशित