back

बालिका भारत लैजान खोज्ने दुई युवा पक्राउ

वि.सं.२०७५ पुस ८ आइतवार

264 

shares
NTC AD

 

८ पुस, बेत्रावती । दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका दुई नाबालिकालाई भारतमा राम्रो काम लगाइदिने भनेर त्यसतर्फ लैजाँदै गर्दा जिल्लाको तादी गाउँपालिका–५ बाहुनबेँसीबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको र सहयोग पु¥याउने अन्यको समेत खोजी जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका ती दुईविरुद्ध आज जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिइने प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुईविरुद्ध गत भदौ १८ गतेदेखि हराएका उर्लेनीका तीन किशोरीलाई पनि भारतमा लगेर बिक्री गरेको अभियोग उनीहरूका अभिभावकले लगाएका छन् । सो घटनामा उनीहरूको संलग्नता सम्बन्धमा प्रहरीले पीडित पक्षबाट उजुरी लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

वि.सं.२०७५ पुस ८ आइतवार १०:४८ मा प्रकाशित

ADBL AD
माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक...

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका...

आज गणेश महोत्सव समापन गरिँदै

आज गणेश महोत्सव समापन गरिँदै

काठमाडौं । श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश...

पालिकाले मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने

पालिकाले मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र पुग्ने...

इथानोल मिश्रण नीति छिट्टै ल्याइने छ : मन्त्री भण्डारी

इथानोल मिश्रण नीति छिट्टै ल्याइने छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम...

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार भ्याकेटमा जाने

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार भ्याकेटमा जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप...