back

सर्वोत्कृष्ट खेलाडीले एक-एक लाख पाउने

वि.सं.२०७५ पुस ८ आइतवार

360 

shares
IME Limited
NTC AD

८ पुस, काठमाडौ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही रु एक लाख पुरस्कार पाउने भएका छन् ।

अघिल्लो वर्षका प्रतियोगिताहरुमा गरेको प्रदर्शनका आधारमा सर्वोत्कृष्ट खेलाडीको घोषणा गरिने सङ्घले जनाएको छ । सङ्घका अनुसार सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने पुरस्कार यस वर्षदेखि जनता बैंकले उपलब्ध गराउने भएको छ ।

बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अजय मिश्र र खेलाडी सङ्घका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा आज हस्ताक्षर गरे। सम्झौताअनुसार बैंकले आगामी पाँच वर्षसम्म सङ्घलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि रु दुई लाख उपलब्ध गराउनेछ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले बैंकको यो सहकार्यबाबट खेलाडीहरुलाई विशेष प्रोत्साहन मिलेको बताए । अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च राख्न पसिना बगाउने खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यमा सङ्घले लामो समयदेखि वर्ष खेलाडी सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ ।

वि.सं.२०७५ पुस ८ आइतवार १३:२४ मा प्रकाशित

दुई लाख पुरस्कार राशिको म्याग्दी भलिबल कप : आयोजक र स्याङ्जा फाइनलमा

दुई लाख पुरस्कार राशिको म्याग्दी भलिबल कप : आयोजक र स्याङ्जा फाइनलमा

म्याग्दी । आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति...

एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा जापान ८० रनमा अलआउट

एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा जापान ८० रनमा अलआउट

काठमाडौँ । एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो...

एसिसी पुरुष क्रिकेट : नेपालद्वारा सिङ्गारपुर पराजित

एसिसी पुरुष क्रिकेट : नेपालद्वारा सिङ्गारपुर पराजित

काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले...

एसिसी पुरुष यु–१६ : नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य

एसिसी पुरुष यु–१६ : नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले...

टी-२० आई सिरिज:नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

टी-२० आई सिरिज:नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

काठमाडौं । टी-२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल...

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन...