back

इसाइ समाजमा आर्थिक सहयोग

वि.सं.२०७५ पुस ८ आइतवार

447 

shares
IME Limited
NTC AD

८ पुस बुधबारे । शव वहान खरिदका लागि जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिलाई २५ हजार आर्थिक सहयोग गरेको छ ।
जोइन्ट हेन्ड युथ सोसाइटीले विपन्न, अशक्त,असाहय वर्गका लागि विभिन्न सहयोगका कार्यहरु गरेको भन्दै सोसाइटीका उपाध्यक्ष अनिल वाग्ले, मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

खिष्टमसको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी समाजले शनिबार सहयोग रकम सोसाइटीका अध्यक्ष संञ्जील प्रसाईं, उपाध्यक्ष अनिल वाग्ले र सदस्य केशव तिम्सिनालाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । बुद्धशान्ति ३ मा भएको सो कार्यक्रममा इसाइ समाज बुधबारेका अध्यक्ष पाष्टर आमोस कटवालले २५ हजार बरावरको चेक हस्तान्तरण गरेका थिए ।
कटवालकै अध्यक्षतामा भएको कार्यक्रममा राजु चाम्लिङ, राजन वस्नेत, निमा तामाङ लगायतले जोइन्ट हेन्डले सामाजिक उत्तरदायित्वका लागि सो क्षेत्रमा शव वहान खरिद गर्नका लागि थालेको अभियानको पूर्ण सफलताको शुभकामना दिएका थिए ।
उनले जोइन्ट हेन्ड युथसोसाइटी विशुद्ध सामाजिक कार्यका लागि स्थापित भएको र विगतका दिनमा विपन्न असाहय वर्गका लागि सेवामुलक कार्यहरु गरेको स्मरण गराएका छन् । उनले बुद्धशान्ति क्षेत्रमा शव वहान खरिदको लक्ष्य लिएर सोसाइटी अघि बढिरहेको बताउँदै सवैलाई सो अभियान सफल बनाउन अनुरोध गरेका छन् ।

वि.सं.२०७५ पुस ८ आइतवार १४:१२ मा प्रकाशित

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...

रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो

रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै...