९ पुस, काठमाडौं । प्रहरी रिर्पोट भन्छ, ‘देशभर आठसय ५० कार्यालयमा शौचालय छैन ।’ शौचलय अभावमा लोटा लिएर पाखा पाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयटा ल्याण्ड क्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ ।
दिनरात ड्युटिमा खट्ने प्रहरीका न्यूनतम पूर्वाधार समेत व्यवस्था नगर्ने प्रहरी प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम खर्च गरेको छ । आर्थिक वर्षको अन्तिममा करोडौं बजेट फ्रिज हुन लागेको भन्दै महानिरीक्षक खनालले आफ्नो लागि भव्य गाडी खरिद गरेका हुन् । तर, यसअघि उनी चढ्ने मित्सुबिसी पजेरोसहित उनको सचिवालयमातहतमा १९ गाडी परिचालन भइरहेको छ ।
अस्थायी बाहेक प्रहरीका दुई हजार २५ कार्यालय छन् । जसमध्ये आठसय ५० कार्यालयमा शौचालय छैन । यी कार्यालयमा हजारौ प्रहरी ड्युटि गरिरहेका छन् । आजको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७५ पुस ९ सोमवार ०८:०० मा प्रकाशित