९ पुस काठमाडौ । दक्षिण्ी छिमेकी भारतले नेपालको विद्युत व्यापारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ ।
२०१६ डिसेम्बर ५ मा क्रस बोर्डर विद्युत व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफुले ५० प्रतिशतभन्दा कम लगानी गरेका नेपाली आयेजनाबाट उत्पादीत बिजुली नकिन्ने निर्णय गरेको थियो ।
ठिक एक वर्षपछि डिसेम्बर १८ मा निर्देशिका परिमार्जन गर्दै भारतले पहिलेको सर्त उल्टाएको हो । अब भारतले नेपालमा जुनसुकै मुलुक वा कम्पनीले उत्पादन गरेको बिजुली किन्नेछ । भारतको पुरानो निर्णय नेपालको विद्युत व्यापार विकासमा वाधक थियो । आफुले लगानी नगरेका आयोजनाबाट उत्पादित बिजुली नकिन्ने भारतको निर्णयपछि तेस्रो मुलुक वा कम्पनिहरु नेपालको जलविद्युत्मा लगानी गर्नु फाइदाजनक नभएको तर्क उनीहरुको थियो । आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस ९ सोमवार ०८:०९ मा प्रकाशित