९ पुस काठमाडौ । नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीले १० रुपैयाँको पोलीमर नोट छाप्नु अघि नै कम्पनीबाट घुस लिएको तथ्य फेला परेको छ । अस्ट्रेलियन प्रहरीको अनुसन्धान र त्यस क्रममा अख्तियारमा बुझाइएको छानबिन प्रतिवेदनमा नेपाल राष्ट्र बैंकका तत्काली नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्यालले अस्ट्रेलियन डलर ७ हजार ७ सय ३५ बुझेको उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले पोलिमर नोटको योजना थाल्नासाथ पौड्याल व्यक्तिगत भिसामा गोप्य रुपमा अस्ट्रेलिया गएको र नोट प्रिन्टङ लिमिटेडका पदाधिकारीलाई भेटेर फर्केको खुलेको छ , अख्तियार उच्च स्रोतले भन्यो, अनुसन्धानका क्रममा पुष्टि भएको इमेल पत्राचारमा पौड्यालले नोट प्रिन्टिङ अस्ट्रेलिया सँग भ्रमणबापतको रकम बुझेको विवरण समावेश छ । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ पुस ९ सोमवार ०८:२१ मा प्रकाशित