९ पुस, काठमाडौं । कम्पनी वेपत्ता भएपछि यातायात विभागको करोडौको योजना विफल भएको छ । सवारी साधन डिजीटल परीक्षण खरिद गर्न विभागले २०६७ सालमा महादेव खिम्तो निर्माण सेवा नामको सिभिल कम्पनीलाई ठेक्का दिएको थियो । तर, मेसिन सञ्चालनै नगरी ठेकेदार बेपत्ता भएपछि हाल सम्म परीक्षण केन्द्र सञ्चालनमा आएको छैन ।
विभागले ६ करोड खर्चेर सवारी परीक्षण केन्द्रलाई आवश्यक उपकरण खरिद गरी जडान गर्नेगरी ठेक्का दिएको थियो । तर, ठेकेदारले केही उपकरण चीनबाट सस्तोमा किनेर जडान गरेर केही खरिद नै नगरी कुलेलाम ठोकेको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
विभागका महानिर्देशक सहितको कर्मचारीले सम्बन्धित क्षेत्रका कम्पनीलाई ठेक्का दिएपछि योजना विफल भएको विभाग स्रोत बताउँछ ।
वि.सं.२०७५ पुस ९ सोमवार ०८:२४ मा प्रकाशित