back

दाङ बस दुर्घटना : भर्ना भएका आधि विद्यार्थीले ज्यान गुमाए

वि.सं.२०७५ पुस ९ सोमवार

330 

shares
IME Limited
NTC AD

९ पुस, नारायणपुर । बस दुर्घटनामा परी उन्नाइस विद्यार्थीसहित २३ जनाको मृत्यु भएपछि कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय शोकमग्न अवस्थामा छ । शनिबार घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित उक्त शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना हुँदा भर्ना भएका आधिभन्दा बढी विद्यार्थीले ज्यान गुमाएका थिए । विद्यार्थीको निधनपछि सो शिक्षालयको पठनपाठन प्रभावित बनेको छ ।
‘यसै वर्षदेखि शिक्षालय सञ्चालनमा आएको हो,’ शिक्षालयका संयोजक केशरमान विसीले भने, ‘शिक्षालयको उद्घाटनसमेत गरिएको थिएन ।’ कक्षा सञ्चालन भएको एक महीना नबित्दै शिक्षालयमा भर्ना भएकामध्ये करीब आधाभन्दा बढी विद्यार्थीले ज्यान गुमाएको विसीले बताए । वनभोजका लागि विद्यार्थीलाई सल्यान नलगिएको उनको भनाइ छ । ‘पाठ्यक्रमअन्तर्गत अभ्यासका लागि विद्यार्थीलाई नजिकको वनस्पति उद्यान लगिएको हो,’ उनले भने ।

विज्ञान विषय अध्ययन गर्नका लागि शिक्षालयमा ३७ विद्यार्थी भर्ना भएका थिए । छात्रवृत्तिबाट थप तीनजना भर्ना गर्नुपर्ने थियो । शिक्षालय प्रमुख यादव सुवेदीका अनुसार ३४ विद्यार्थी भ्रमणमा गएका थिए । “दुई विद्यार्थी कपुरकोटमै झरेका कारण दुर्घटनामा ३२ विद्यार्थी परे,” उनले भने । उन्नाइस विद्यार्थीको दुर्घटनामा मृत्यु भएको छ । “घाइतेसहित अब १८ विद्यार्थी शिक्षालयसँग छन्” सुवेदीले भने, “घाइते तेह्र विद्यार्थीमध्ये १२ को काठमाण्डौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।”

अहिले पाँच विद्यार्थी मात्रै सशुकल अवस्थामा छन् । “तत्काल शिक्षालयले कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन,” सुवेदीले भने । घाइते अधिकांशको यस वर्ष अध्ययन गर्न सक्ने अवस्था छैन । शिक्षालयको पहिलो वर्षको शैक्षिकसत्र प्रभावित बनेको छ । शिक्षालयका संयोजक विसी बाँचेका विद्यार्थीबाट नै पठनपाठन पुनः थालिने बताउछन् । “यस वर्ष पुनः विद्यार्थी भर्ना गर्न सक्ने अवस्था छैन, विद्यार्थी अन्यत्रै भर्ना भइसकेका छन्,” विसीले भने । नमस्ते राप्ती यातायात प्रालिले घाइतेको सम्पूर्ण उपचार समितिले बेहोर्ने जनाएको छ । शनिबार प्रालिको बा४ख ९७६६ नं को बस दुर्घटना हुँदा २३ जनाको मृत्यु तथा १४ जना घाइते भएका थिए ।

वि.सं.२०७५ पुस ९ सोमवार ०८:४४ मा प्रकाशित

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन...