९ पुस कारिता, इन्डोनेसिया । ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरूको संख्या २२२ पुगेको छ ।
इन्डोनेसियाको सुण्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
आँधीले सयौँ घरलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार बिहान ९.३० मा आँधी आएको हो ।
नाटकीय यस ज्वालामुखी र आँधीका भिडियोहरू सामाजिक सञ्जालमा देखिएका छन् । ती भिडियोहरूमा आकस्मिकरूपमा वर्षा भएको, संरचनाहरू भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो ।

“दृश्यहरू आँशु झर्ने खालका थिए,” स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भने । उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् ।
पछिल्लो विवरण अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या २२२ पुगेको पुष्टी भएको छ भने ८५३ जना घाइते भएका र २८ जना बेपत्ता भएका छन् ।
वि.सं.२०७५ पुस ९ सोमवार ०९:१७ मा प्रकाशित