
९ पुस नयाँदिल्ली । भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।
अग्नी-चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ ।
क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरूले बताएका छन् । अग्नी-चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो ।
आफ्नो उद्देश्यमा सफल हुने पुिष्ट भएकाले यसको परिक्षण पूर्ण रूपमा सफल भएको जानकारी दिइएको छ ।
भारतीय सेनाले क्षेप्यास्त्रको परिक्षण गरेको हो । भारतमा यसअघि अग्नी-एक, अग्नी-दुई, अग्नी-तीन र पृथ्वी परीक्षण गरिसकिएको छ ।
वि.सं.२०७५ पुस ९ सोमवार ०९:३३ मा प्रकाशित

























