back

बर्षेनी ४४ हजार अमेरिकीले आत्महत्या गर्छन्

वि.सं.२०७५ पुस ९ सोमवार

378 

shares
IME Limited
NTC AD

आत्महत्याको प्रयासबाट अस्पतालको ढोकामा पुग्ने मात्रै ४ लाख ९४ हज्जार १ सय ६९ जना अमेरिकनहरु रहेछन् । अमेरिकन स्वास्थ्य बिभागको सन् २०१६ तथ्याङ्कले यहि देखाउदछ ।

आफैद्वारा मर्ने र मर्न प्रयास गर्नेहरुको सख्या मात्रै यति भयावह छ भने डिप्रेसन, मानसिक तनाब, स्ट्र्रेस वा नैरश्यताको शिकार अमेरिकनहरुको सख्या हेर्दा जिब्रै टोक्नुपर्ने अबस्था छ । डिप्रेसन, स्ट्रेस एबम तनाब मानिसको स्लो पोइजन अर्थात मन्द बिष भन्दा भयो ।
जेनेसाइट मिडियाका अनुसार १३ दशमलब ७ मिलियन अमेरिकन महिलाहरु र ७ दशमलब ७ मिलियन पुरुष एबम २१ दशमलब ५ मिलियन एडल्टहरु डिप्रेसनको शिकार रहेछन् । गत सालसम्मको डाटा अनुसार हेर्दा पुरुष भन्दा महिलाहरु डिप्रेसनको शिकार भएको झन्डै झन्डै दोब्बर सख्यामा रहेछन । आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्नेहरु पनि महिलाहरुकै सख्या उच्च देखियो ।

आर्थिक कारण, पारिवारिक कारण, काम र तिरन्तारनको बोझ, शारिरिक र मानसिक कारण, स्वास्थ्यको कारण, सामाजिक कारण, सम्बन्धको कारण, कार्यक्षेत्र एबम पब्लिकमा हुने आत्मग्लानि र ह्यारेसमेन्ट, बातावरण, घरेलु हिसा, लागु औषध लगायत प्रशस्तै कारणहरु छन् आत्महत्या गर्ने र प्रयास गर्नमा ।

अमेरिकामा बस्दै आएका नेपाली समुदाय र समाजमा पनि डिप्रेसनको शिकार हुने र आत्महत्या गर्ने र प्रयास गर्नेहरु बढ्दै जान थालेको अनुभुति भएको छ । डिप्रेसन र तनाबबाट प्रभावित हुनेहरु झट्ट हेर्दा नदेखिने र बुझ्न नसकिने भए पनि प्रशस्तै सख्यामा यसको शिकार हुनेहरु मनग्गे छन् हाम्रै समुदायमा । एक्लोपना, आर्थिक एबम कामको भार, नेपालबाट एउटा सपना बोकि आएका ब्याक्ति एबम परिवार अमेरिकि भुमिमा टेकिसके पछि त्यस मुताबिक आफूलाइ बदल्न, ढाल्न र प्रगति गर्न नसक्नु, आत्मग्लानि, कार्यक्षेत्रमा हुने तनाब र डिस्क्रिमिनेसन, पारिवारिक कारण र कुलतका कारण नेपालीहरु पनि डिप्रेसनको शिकार बन्दै गैरहेका छन ।

भनेजस्तो, सोचे जस्तो, कल्पना गरेजस्तो, कुरा काटेजस्तो, गफ गरेजस्तो र सपना बुनेजस्तो सहज छैन अमेरिकन जिवनशैली । कडा परिश्रम, आर्थिक बोझ र पारिवारिक तनाब र अमेरिकि सोसाइटीमा भिज्न नसक्दाको परिणामबाट बिरक्तिने, दुखि बन्ने र भित्रभित्रै पिडामा बाच्नेहरु प्रशस्तै छन अमेरिकामा । यसका निमित्त नयाँ नेपालीहरु र पूरानै बसोबास गरिरहेकाहरुकै लागि पनि काउन्सिलिङ्गको जरुरी छ तर कसले गरिदिने ?

सयौ सख्यामा रहेका नेपाली संघसस्थाहरुको ध्यान प्रचार गर्ने, कुम्ल्याउने, नाम कमाउने र मौका परे आफ्नैले आफ्नैलाइ ढाड सेकाउनमा अभ्यस्त छन् । तर, यस्तो गहन र महत्वपुर्ण इस्युहरुमा यिनका कान र आखाहरु मन्द छन् ।

वि.सं.२०७५ पुस ९ सोमवार १०:३७ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...