back

लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै मनाङ

वि.सं.२०७५ पुस ९ सोमवार

189 

shares
NTC AD

९ पुस, काठमाडौ । सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ । जारी लिगको १० औँ चरणसम्म आइपुग्दा सात पटकको लिग विजेता टोली मनाङ–मस्र्याङ्दीले अबको बाँकी तीनवटा खेल जित्दै ६४ वर्षे लिग इतिहासमा नयाँ रेकर्ड कायम गर्ने दाबी गरेको छ ।

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, “उपाधि लगभग सुरक्षित गरिसकेका छौँ । तर हाम्रो लक्ष्य अब उपाधि मात्र होइन, लिगमा बाँकी रहेको तीन खेल जितेर नयाँ कीर्तिमान बनाउने हो । अहिलेसम्म कसैले त्यसो गर्न सकेका छैनन् । हामी कुनै खेल बराबरी नखेल्ने, नहार्ने र सबै जितेर नयाँ कीर्तिमान बनाउन चाहन्छौँ ।” “हामीले थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस जस्ता ठूला क्लबलाई पराजित गरिसकेका छौँ, त्यसैले बाँकी खेल पनि जित्नेछौँ”–उनले भने ।

“म मेरा खेलाडीलाई विश्वास गर्छु, खेलाडीहरुले मनबाट खेलिरहेका छन्” प्रशिक्षक श्रेष्ठले भने, “खेलाडीकै कारण यहाँसम्म आएका छौँ । कीर्तिमान बनाउने चाहना छ, खेलाडी, अफिसियल सबै उपाधि जित्ने मात्र हैन सबै खेल जितेर कीर्तिमान बनाउन चाहन्छन् ।”

मनाङले अब ११ औँ चरणमा सङ्कटा, १२ औँ चरणमा हिमालयन शेर्पा र १३ औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ । सङ्कटाबाहेक दुवै कलब तुलनात्मकरुपमा कमजोर टोली हुन् ।

लिगको इतिहासमा बिनापराजित लिग जितेको इतिहास भए पनि लगातार १० वटा खेल जितेको रेकर्ड अहिलेसम्म नभएको फुटबलका पूर्व राष्ट्रिय खेलाडीहरुले बताए । “नेपालमा लिग फुटबल शुरु भएको भएको करिब ६४ वर्ष पुग्न लाग्यो । तर यसबीचमा लगातार १० वटा खेल जित्ने क्लब भने अहिलेसम्म कुनै भेटिएको छैन”– लिग निर्देशक सञ्जीव मिश्रले भने ।

मिश्रले नेपाली फुटबल लिगको इतिहासमा अहिलेसम्म लागातार १० वटा जित कुनै क्लबले जितेको आफूलाई जानकारी नभएको बताउनुभयो । उनले भने, ‘‘फुटबलको क्षेत्रमा लागेको ३०÷३५ वर्ष भयो, तर यसरी लगातार १० वटा जित कुनै पनि क्लबले जितेको मलाई थाहा छैन ।”

‘रेलिगेशन र ननरेलिगेशन लिगको तुलना हुँदैन’ पूर्व अध्यक्ष थापा

यसैबीच राष्ट्रिय खेलाडी हुँदै २० वर्ष अखिल नेपाल फुटबल सङ्घ एन्फाको नेतृत्व गरेका गणेश थापाले ‘बिनारेलिगेन र रेलिगेशसनलाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने बताए ।

रासस सँग कुरा गर्दै पूर्व अध्यक्ष थापाले करिब चार वर्षपछि लिग भएको रेलिगेशन नहुने लिग भएपछि धेरै क्लबहरुले खेलाडीमाथि पर्याप्त लागनी नगरेकाले लिगको रौनकता घटेको प्रक्रिया दिए ।

मनाङले १० वटा खेल लगातार जित्नु सकारात्मक कुरा भएको बताउँदै उनले भने, “रेलिगेशनको लिग भएको भए सबै क्लबहरुले अलि बढी लगानी गर्र्थे, राम्रा खेडालीबीच प्रतिष्पर्धा हुन्थ्यो, त्यो भएको छैन ।”बिना रेलिगेनशनको लिग हुँदा दर्शकको उपस्थित समेत न्युन भएको र लिगप्रति दर्शकको चासो कम भएको थापाको भनाइ छ ।

कति पय क्लबहरुले खेल्नैका लागि मात्र टोली बनाएकाले पनि मनाङले यो सफलता प्राप्त गरेको उनको भनाइ छ ।

पूर्व अध्यक्ष थापाले पुरस्कार राशिप्रति पनि असन्तुष्टि व्यक्त गरे । “मेरो पालामा सात करोडको बजेट हुँदा लिग विजेतालाई रु ७५ लाख दिएका थियौँ, अहिले रु ४० करोडको बजेट हुँदा लिग विजेताले रु ५० लाख मात्र पाउँदै छ ।”

लिगको तीन खेल बाँकी रहँदा मनाङले १० खेलबाट अपराजित रहँदै ३० अङ्क जोडेको छ । शीर्ष स्थानको मनाङ दोस्रो स्थानको सङ्कटा फुटबल क्लबभन्दा पाँच अङ्कले अघि छ ।

तत्कालीन प्रधानमन्त्री पद्मशम्शेरले काठमाडौं उपत्यकामा त्यसबेला चलेको फुटबल लहरलाई प्रतिस्पर्धामा उतार्न २००४ सालमा रामजानकी कप फुटबल प्रतियोगिता गराए । २००७ सालको प्रजातन्त्रपछि पुलिस फोर्सले लगातार तीन वर्ष उपाधि जित्दै कप पचायो । एउटै व्यवस्थित कप पच भएपछि पुलिस फोर्सले यो वास्तविकतालाई बुझेर प्रतियोगितालाई निरन्तरता दिन शहीदको संस्मरणार्थ एउटा ट्रफी तत्कालीन नेपाल फुटबल सङ्घलाई दियो, जुन आजसम्म शहीद स्मारक नामले चलिरहेको छ ।

वि.सं.२०७५ पुस ९ सोमवार १२:०७ मा प्रकाशित

ADBL AD
पलेसा गोबद्र्धने बढाइन् देशको गौरव

पलेसा गोबद्र्धने बढाइन् देशको गौरव

काठमाडौँ । फ्रान्सको पेरिसमा रहेको ग्रान्ड प्यालेसमा पलेसा गोबद्र्धन रिङमा...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय...

नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष ‘प्रचण्ड’

नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष ‘प्रचण्ड’

खजुरा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

फुटसल प्रतियोगिता आयोजना गर्दै ब्रिटिस कलेज

फुटसल प्रतियोगिता आयोजना गर्दै ब्रिटिस कलेज

काठमाडौँ । 'द ब्रिटिस कलेज'ले ब्रिटिस कप इन्टर कलेज फुट्सल...

एन्फा महिला लिगकाे उद्घाटन खेलमा कोशी र वालिङ भिड्ने

एन्फा महिला लिगकाे उद्घाटन खेलमा कोशी र वालिङ भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा...

जित्छौँ भन्ने मानसिकता बोक्न खेलाडीलाई प्रधानमन्त्री आग्रह

जित्छौँ भन्ने मानसिकता बोक्न खेलाडीलाई प्रधानमन्त्री आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स्...