back

सुत्केरीलाई घ्यू र अण्डा

वि.सं.२०७५ पुस ९ सोमवार

450 

shares
IME Limited
NTC AD

पुस, बैतडी ।  मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चौडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ ।

सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलाले उपप्रमुखको तर्फबाट पोषण तथा सरसफाइ प्रवद्र्धन किट प्राप्त गर्ने छन् । बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत उक्त कार्यक्रम लागू भएको हो ।

चार पटक गर्भवती जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र सुत्केरी भएपश्चात सात दिनसम्म कम्तीमा तीन पटक सुत्केरी जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड पूरा गरेका महिलालाई उपप्रमुखको कोसेली प्रदान गरिनेछ । सुत्केरी भएका महिलाले उक्त मापदण्ड पूरा गरे नगरेको सम्बन्धित स्वास्थ्य संस्थामा अभिलेख रहने बताइएको छ । मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि पोषण तथा सरसफाइ सामग्रीसहितको झोला उपप्रमुखको तर्फ सुत्केरी महिलालाई प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाका सुत्केरी महिलालाई आफूले पोषणसँगै सरसफाइ किट वितरण गर्ने नगर उपप्रमुख जानकी बमले बताए । संस्थागत सुत्केरी कायम गर्नमा सहयोग र सुत्केरी पश्चात हुने आमा शिशुको स्वास्थ्यमा समेत कुनै असर नपर्ने लगायतको उपलब्धि हासिल गर्न यस कार्यक्रमले सहयोग पुग्ने उनी बताउछन् । पोषणमा सुत्केरी महिलालाई घ्यू र अण्डा दिइने छ भने सरसफाइ किटमा साबुन, तेल, ब्रसलगायत सरसफाइका सामग्री दिइनेछ । सुत्केरी भएको सातौं दिनमा उपप्रमुखले उक्त कोसेली वितरण गर्ने बताइएको छ । सो कार्यक्रमका लागि नगरपालिकाले रु सात लाख छुट्याएको छ ।

वि.सं.२०७५ पुस ९ सोमवार १३:४७ मा प्रकाशित

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना...

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...