back

शिक्षाका ती दिन

वि.सं.२०७५ पुस ९ सोमवार

420 

shares
IME Limited
NTC AD

९ पुस, काठमाडौ ।  साहित्यकार तथा अनुसन्धानकर्मी पुष्पराज पौडेलद्वारा लिखित ‘शिक्षाका ती दिन’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकभित्र राणाकालीन, पञ्चायत, बहुलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दाका शिक्षा प्रणालीलाई सूक्ष्मरूपमा विश्लेषण गरिएको छ ।

साथै ती व्यवस्थामा शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न अहम् नेतृत्व गर्ने शैक्षिक व्यक्तित्वका जीवनका विविध पाटालाई पुस्तकले समेटेको छ । एक सय पाँच शीर्षकको करीब २४० पृष्ठको पुस्तकभित्र लेखकले आफूले अध्ययन तथा अध्यापन गरेका तनहुँ जिल्लाका विद्यालयका इतिहासलाई संस्मरणात्मकरूपमा समावेश गरेका छन् ।

एकदशकसम्म तनहुँका तत्कालीन मनोहर प्रावि, चन्द्रावती माध्यामिक विद्यालय र कालिका माविमा अध्यापनमा बिताउनुभएका सर्जक पौडेलले आफ्नो पुस्तकभित्र ‘जीवनका लागि शिक्षा कति महत्वपूर्ण छ’ भन्ने कुरालाई स्मरणात्मकरूपमा सूक्ष्मले व्याख्यासमेत गरेका छन् ।

पूर्वशिक्षामन्त्री एवं वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले आज पुस्तक सार्वजनिक गर्दै विगत र वर्तमानमा शिक्षाको अवस्था र गुणस्तर कस्तो थियो भन्ने कुरालाई पुस्तकले गहनरूपमा व्याख्या गरेको टिप्पणी गरे ।

उनले भने “पूर्वीय ज्ञानको भण्डारलाई जीवन्त राख्न शिक्षा प्रणालीमा सुधारको खाँचो छ ।” लेखकले यसअघि नेपाल रेडक्रस सोसाइटीमा काम गर्दाका अनुभव समेटिएर लेखिएको पुस्तक ‘रेडक्रसकर्मी’ सार्वजनिक गरेका छन् ।

पुस्तकमाथि प्राज्ञ नमूना शर्मा, साहित्यकार तीर्थराज वन्त र रमेश पौडेलले पुस्तकले इतिहासदेखि वर्तमानसम्मका शिक्षा अवस्थाका बारेमा पठनीयरूपमा पस्कन सफल भएको बताए ।

पुस्तक प्रकाशन संस्था हेड्स नेपालका अध्यक्ष ईश्वरचन्द्र बानियाँ, महासचिव रामकृष्ण धरेल, संस्थापक प्रतापराज वन्त तथा केन्द्रीय सदस्य दीव्यराज पौडेलले स्मरणात्मक लेखनमा गहन विषयलाई पुस्तकले समेटेको बताए ।

वि.सं.२०७५ पुस ९ सोमवार १४:२० मा प्रकाशित

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना...

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...