१० पुस, काठमाडौं । नेपाल सरकारले बैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर कम्पनीको धरौटी बढाएर ६ करोड रुपैयाँ सम्म पु¥याउने तयारी गरेको छ । ३० लाख नगद वा २३ लाखको बैंक ग्यारेन्टीसहित ७ लाख रुपैयाँ नगद राख्न सकिने विद्यमान प्रावधान परिमार्जन गरी म्यानपावको धरौटी बढाउन प्रस्तावसहितको ऐन शंसोधन विधेयक संसद्मा दर्ता भएको हो ।
संशोधन प्रस्तावमा म्यानपावर कम्पनीका लागि दुई किसिमको धरौटी रकम कायम गर्न प्रस्ताव गरिएको छ । जसअनुसार बार्षिक ५ हजार भन्दा बढी कामदार पठाउने लक्ष्य राखेर अनुमति पत्र माग गर्ने कम्पनीको धरौटी २ करोड नगद तथा ४ करोड रुपैयाँको बैंक ग्यारेन्टीगरी ६ करोड कायम गर्ने रहेको छ । त्यस्तै ५ हजार सम्म कामदार पठाउने लक्ष्य राखेका म्यापावरका लागि भने १ करोड नगद र २ करोड बैंक ग्यारेन्टी गरी ३ करोड ग्यारेन्टी राख्ने विधेयक मस्यौदामा उल्लेख छ । आजको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७५ पुस १० मंगलवार ०८:२८ मा प्रकाशित